२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बाली उत्पादकत्वमा आमूल सुधारका लागि प्रशिक्षण – Nigrani Today
ताजा खबरसमाचारसमाज

बाली उत्पादकत्वमा आमूल सुधारका लागि प्रशिक्षण

काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (इरी) नेपालको संयुक्त आयोजना एवं सहकार्यमा बाली उत्पादकत्वमा आमूल सुधारका लागि द्रुत प्रजनन् पद्धतिको आधुनिकीकरण सम्बन्धी तीन दिने तालीम आजदेखि सुरु भएको छ ।

खुमलटार ललितपुरमा आयोजित उक्त तालीमबाट कृषि अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि भई बाली प्रजनन् मार्फत् बालीनालीका जातीय सुधार तथा नयाँ जातको विकासमा विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

इरीका अनुसन्धानकर्ता नवराज खनालका अनुसार देशका प्रमुख बालीहरु जस्तै धान, गहुँ, आलुको प्रजनन प्रणालीमा आधुनिकता ल्याई त्यसको उपजलाई किसानको खेतसम्म कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण चलिरहेको छ ।

इरीका नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशीले हालको बाली प्रजनन् पद्धति अत्यन्त ढिलो र एउटै जातको विकास गर्न धेरै बर्ष लाग्ने गरेको अवस्थामा नेपालका किसानको आवश्यकत्ता अनुसार विभिन्न नयाँ जातहरुको विकास र उपलब्धता छिटो गराउँन यो तालीम फलदायी हुने बताए । राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार विश्वमा प्रचलनमा आइरहेका बाली प्रजनन्का नयाँ र द्रुत विधिहरुको जानकारी प्राप्त गरी नेपाली बाली प्रजनन्कर्ताहरुको क्षमता अभिवृद्धि गर्न यो तालीम महत्वपूर्ण छ ।

धान, आलु, गहुँ, मकै लगायतका बाली बाली प्रजननका आधुनिक विधिहरुका सैद्धान्तिक पक्षहरुमा जोड दिइएको यो तालीममा नार्क अन्तरगतका अनुसन्धान केन्द्रहरु, कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय लगायतबाट ५० जना बाली प्रजनन्कर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इरीका अन्तर्राष्ट्रिय प्रशिक्षक संजय कटियार र डा. रेश्मी दासले प्रशिक्षण दिनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.