६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनकपुरमा मुसहर बिध्यार्थि र अगुवा मुसहर महिला सम्मानित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जनकपुरमा मुसहर बिध्यार्थि र अगुवा मुसहर महिला सम्मानित

जनकपुरधाम । मधेस प्रदेका ७ वटा जिल्लाका एसइई उतिर्ण मुसहर छात्र छात्राहरुलाई प्रशंसा पत्र दिएर सम्मान गिरएको छ । २०७९ सालमा एसइई उतिर्ण भएका ३ सय भन्दा बडि लाई प्रशंसा पत्र दिईएको थियो । साउथ एसिया पार्टनरशीप नेपाल(साप नेपालको सहयोगमा) मुसहर महिला सशक्तीकरण मन्च सर्लाहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुहमा आवद्ध रहेर मुसहर महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र राजनितीक सशक्तीकरणमा महत्व योगदान पुर्याउनुहुने ३२ जना मुसहर महिला सशक्तीकरण मन्चका अगुवाहरुलाई प्रशंसा पत्रसहित सम्मान गिरएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताउनु भयो । विभिन्न समयमा क्रान्ति गरेर राज्य व्यवस्था परिबर्तन भएपनि गरिव तथा पिछडिएका मुसहरहरुको अबस्थामा परिवर्तन नआएको बताए । भुमि आयोग, दलित आयोग जस्ता सरोकारवाला निकायले दलित, भुमिहिन, अवेवस्थित सुकुम्बासीकोलागी केही काम नगरेको कार्कीले बताए ।
कार्यक्रममा मुसहर अगुवा सम्झाबति माझिले राजनितीकदल र स्थानीय सरकारले मुसहर समुदाएको लागी केही नगरेको गुनासो गरीन मुसहर समुदाएको नागरीकता घर, जमिन नहुदा हातमुख जोर्न समस्या परेको बताईन ।
। पुर्व सांसद प्रमोद शाहले मुसहरको शिक्षामा विशेष जोड दिएको बताउनु भयो । नेपाल राष्ट्रिय मुसहर संघका उपाध्यक्ष शिव सदाले मुसहरहरुलाई राज्यले अवसरबाट बन्चित पारेको बताउनु भयो । बिगतमा भन्दा शैक्षिक अवस्थामा सुधार हुँदै आएको बताए पनि सेवा सुबिधाबाट बन्चित रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व उपप्रधान मन्त्री तथा प्रतिनिधि सभा संसद उपेन्द्र यादबले मधेस प्रदेमा बसोबास गर्ने दलित तथा सिमान्तकृत माझी तथा मुसहर समुदायको लागि आफुले प्रथमिकतामा राखेको बताउनु भयो ।मुसहर अबस्थाको जीवन स्तर सुधार्न शिक्षामा र आयआर्जनमा जोड दिनु पर्ने बताउनु भयो । मुसहर समुदायको विकासमा कामगर्दै आएका संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गिरएको थियो । कार्यक्रममा बिध्यार्थि सम्मान कार्यक्रमको संस्थापक संस्था भोरका संस्थापक अध्यक्ष राजकुमार महतो, सक्तिहिनको सशक्तीकरणका पदाधिकारी, मुसहर महिला सशक्तीकरण मन्चका अगुवा, नेपाल राष्ट्रिय मुसहर संघका प्रतिनिधहरु पुर्व माननियहरु, बिध्यार्थि मुसहर अगुवा, संचारकर्मी लगाएर ४ सय जना जतिको सहभागिता रहेको मुसहर संघले जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.