
सर्लाही,१८ माघ । ईश्वरपुर नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ ।ईश्वरपुर नगरपालिका र नेपाल नेत्र ज्योती संघ चितवन ÷हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्था भरतपुर आँखा अस्पताल चितवन बीच संयुक्त सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो ।
ईश्वरपुर नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनबा लागि दुईवटा कोठा र पाँच वर्ष सम्म वार्षिक ६ लाख रूपैयाँ भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने सहमति भएको छ ।बुधवार (आज) भएको सहमतिपत्रमा ईश्वरपुर नगरपालिका प्रमुख (मेयर ) मनोज कुमार आचार्य र नेपाल नेत्र ज्योती संघ चितवनका सभापति कृष्णराज धरेलले हस्ताक्षर गरेका छन् ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि हरेक वर्ष निशुल्क अप्रेसन शिविर सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ । आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि ईश्वरपुर नगरपालिका र आसपास क्षेत्रका नागरिक लाभान्वित हुने विश्वास लिइएको छ ।ईश्वरपुर नगरपालिका र नेपाल नेत्र ज्योती संघ चितवन बीच भएको सहमतिपत्रमा यस्तो उल्लेख गरिएको छ ।