१६ असार २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पनि धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा पनि धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

सर्लाही । सर्लाहीमा राष्ट्रिय धान दिवस मनाइएको छ । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । आज सर्लाहीका विभिन्न पालिकाका जनप्रतिनिध तथा किसान नेताहरुले समेत धान रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

हाल ५७ लाख मेट्रिक धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि तीन लाख मेट्रिक टन धानको अभाव रहेको र अगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन जसरी पनि पु¥याउने लक्ष्य सरकारको रहेको छ ।
नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ ।

चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जात पनि किसानले मन पराउन थालेका छन् ।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेको नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.