२२ भाद्र २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भाषा तथा सस्कृतिकर्मी रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

भाषा तथा सस्कृतिकर्मी रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित

सर्लाही । भाषीक कवि तथा सस्कृतिकर्मी भक्ती रिजाललाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मान गरेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

मन्त्रालयले “संस्कृति” बिधा तर्फ मधेश प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाइ सम्मान गरेको हो ।

काठमाडौको जमलमा रहेको सास्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले पचास हजार रासी संगै दोसल्ला ओडाएर रिजाल लाई सम्मान गरेका थिए ।

मधेसमा रहेका भाषा तथा सस्कृतिको जगेर्ना गर्न उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाइ सम्मान गरेको हो । झन्डै नौ वटा भाषामा दखल भएका रिजाल नेपाल पत्रकार महासंघ सर्लाही संग आबद्द छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.