२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा भानुजयन्तीको अवसरमा प्रदेशस्तरीय रचना वाचन गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसाहित्य कलास्थानीय

लालबन्दीमा भानुजयन्तीको अवसरमा प्रदेशस्तरीय रचना वाचन गरियो

सर्लाही । लालबन्दीमा आदिकवि भानुभक्त आचार्यको २११ अ‍ौँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ।

लालबन्दी नगर वाङ्‌मय परिषद्को आयोजना र भानु प्रतिष्ठान, नेपाल मधेश प्रदेशको समन्वयमा २११ अ‍ौँ भानुजयन्ती मधेश प्रदेशस्तरीय रचना वाचन कार्यक्रम गरी मनाइएको हो।

कार्यक्रममा मधेशका विभिन्‍न पालिकाका ३६ जना कवि तथा गजलकारहरूले आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै कविता तथा गजल वाचन गरेका थिए। लालबन्दी नगर वाङ्‌मय परिषद्को सभाहलमा सम्पन्‍न उक्त कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारीको विशिष्ट तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो। लालबन्दी नगरपालिकाका नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि बासुदेव अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै भानु सबै नेपालीका प्रेरणाका स्रोत हुन् र भानुले सबै नेपालीलाई नेपाली भाषाका माध्यमबाट एकताको सूत्रमा बाँध्ने काम गरेको बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका अध्यक्ष दीपक अधिकारीले आदिकवि भानुभक्त आचार्यले गरेका योगदानको कदर स्वदेशमा भन्दा बढी भारतलगायत विदेशमा हुने गरेको बताउँदै उनले नेपालमा पनि स्मरण गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताए। लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले उक्त कार्यक्रमलाई समापन गर्दै विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरे भने भाषिक एकीकरण गर्ने काम आदिकवि भानुभक्त आचार्यले गरेको बताए। उक्त कार्यक्रमको संयोजन भानु प्रतिष्ठान, नेपालका मधेश प्रदेश संयोजक तथा लालबन्दी नगर वाङ्‌मय परिषद्का कोषाध्यक्ष विवश पौडेलले गरेकाे लालबन्दी नगर वाङ्‌मय परिषद्का सचिव तथा भानु प्रतिष्ठान, नेपाल मधेश प्रदेशका सह-संयोजक सुमन घिमिरे अग्रिमले निगरानी टुडेलाई जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.