१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
बन संरक्षणको क्षेत्रमा हरिवन नगरपालिका मधेस प्रदेशमै उत्कृष्ट – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बन संरक्षणको क्षेत्रमा हरिवन नगरपालिका मधेस प्रदेशमै उत्कृष्ट

भक्ती रिजाल

सर्लाही । मधेस प्रदेशको समृद्धिको लागि वन परियोजना लागू भएको पालिका मध्ये हरिवन नगरपालिका कार्य सम्पादन तर्फ मधेसमै उत्कृष्ट नगरपालिका घोषणा भएको छ ।

परियाेजनाकाे अनुगमन तथा मूल्यांकन समुहकाे स्थलगत अवलाेकन तथा अध्ययनकाे आधारमा प्रदेश भरमै सर्लाही हरिवन नगरपालिका उत्कृष्ट ठहरिएको बताइएको छ ।

समृद्धिको लागि वन परियोजना लागु
भएका मधेस प्रदेशका २५ पालिका मध्ये बन क्षेत्रमा राम्रो कार्यसम्पादन गरे वापत हरिवन नगरपालिका सम्मानित भएको नगरपालिकाका बन अधिकृत सुवाश कुश्वाहाले जानकरी दिनुभयो ।

विश्व बैंकका तथा रेड कार्यान्वयन केन्द्र बबरमहल तथा प्रदेश परियोजना व्यवस्थापन इकाई मधेस प्रदेशले हरिवन नगरपालिकालाई उत्कृष्ट भएकोमा प्रमाणपत्र सहित सम्मान गरेक हो ।

हिजो जनकपुरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सबैलाई धन्यबाद दिनु दिनु भएको छ ।

परियोजना कार्यन्व्यनका लागि महत्त्वपूर्ण भूमिकामा निर्बाह तथा सहजीकरण गर्ने डिभिजन वन कार्यालय, सर्लाही, सब-डिभिजन वन कार्यालय, जानकीनगर, सामुदायिक वन उपभोक्ता महासंघ सर्लाही, हरिवन नगरभित्र रहेको सामुदायिक वन, निजि वन, साझेदारी वन, कृषि वन समूह तथा जनसमुदायलाई मेयर बुढाथोकीले धन्यबाद दिनु भएको अधिकृत कुश्वाहाले जानकारी दिनु भयो ।

परियोजनाले हरियो बन, अन्तर्गत जनतालाइ लक्षित गरि नगरपालिका स्तरमा बन सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै जाने अधिकृत कुश्वाहाले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.