५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समुदाय दलित बिकास केन्द्र नेपालकाे चाैथाे बार्षिक सधारण सभा सम्पन्न – Nigrani Today
प्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

समुदाय दलित बिकास केन्द्र नेपालकाे चाैथाे बार्षिक सधारण सभा सम्पन्न

 

प्रदीप कुमार दास, रौतहट ।

श्रावण १४ गते, सोमबार ।

 

राैतहट जिल्लाको गरुडामा अवस्थित होटल अनुष पार्टी प्यालेसमा समुदाय दलित बिकास केन्द्र नेपालकाे चाैथाे वार्षिक सधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुब्बासाहब पासवान (हजारी)ले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव थियो भने विशिष्ठ अतिथीहरूमा साेहि नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार यादव , वडा न २ का अध्यक्ष रामबिश्वास साह, ६ का वडा अध्यक्ष रामनरेश राय यादवले रहेका थियो । कार्यक्रममा बाेल्दै नगरप्रमुख यादवले पहिला नेपालमा अहिले सतहत्तरौ ओटा जिल्लाहरू छन तर शिक्षामा राैतहट सबैभन्दा पछाडि किनकि त्यसमा हामीहरूकाे धेरै नै कमजोरी देखियो । यस्ता संघ संस्था एनजीओ र आईएनजीओ काे मार्फत गाउँ सामाज र वडा वडामा शिक्षा सम्बन्धि जनचेतना फैलाउने गर्दछ र यसले समाज सकारात्मक प्रभाव पारेका छन।त्यस‌ैले अरू पालिकाहरू भन्दा माधवनरायण नगरपालिकाले संघसंस्थाहरूप्रति बढि प्राथमिकता दिएको छ , र हामिहरूकाे तर्फबाट सक्दाे सहयोग हुने वहाँले बताए, साथसाथै आउने दिनहरूमा याे संस्थाकाे उन्नति प्रगतिकाे कामना समेत गरेका थिए ।

साथै कार्यक्रममा बाेल्दै वडा अध्यक्षहरूले याे संस्था जिल्लामा स्थापित भएको संस्था रहेको बताए जिल्लामा धेरै जसाे संस्थाहरू छन जसकाे सधारण सभा रजिस्टर घरघरमा घुमाएर हस्ताक्षर गराउछ तर यस्तो कार्यक्रम गरेकोले संस्थालाई धेरै धेरै धन्यवाद ब्यक्त गरेका हुन साथै आउने दिनहरूमा अझै प्रगतीकाे बाटोमा सफल होस् भनी शुभकामना ब्यक्त गरे । सम्पन्न सधारण सभाबाट अध्यक्षमा सुब्बासाहेब पासवान (हजारी) ,उपाध्यक्ष रिमा कुमारी रजक,काेषाध्यक्ष सिमा कुमारी पासवान, सचिव सुनिल कुमार पासवान ,सदस्य धर्मशिला देवी राम र सन्ताेष महरा सर्वसहमतले फेरी पनि चयन भएका छन।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष पासवानले आफुले संस्था प्रतिकाे माया स्नेह कहिले कम नहुने र काम गर्नमा आफुले कहिले मनाेबल नघटाउने र संघर्ष सधै जारी राख्ने बताउनु भयो ।

उक्त कार्यक्रममा मौलाना , पंडित, पास्टर,दलित अगुवाहरू , दलित पत्रकारहरू लगाएत बिभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको सहभागीता रहेका थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button