२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वतन्त्र युवा उम्मेदवार सीबी साहको आक्रोशपूर्ण अनुरोध – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

स्वतन्त्र युवा उम्मेदवार सीबी साहको आक्रोशपूर्ण अनुरोध

 

सर्लाही,२८ असोज ।सर्लाहीका लोकप्रिय युवा नेता तथा सामाजिक अभियन्ता चन्द्रभुषण साहले आसन्न निर्वाचनमा योग्य, सक्षम, देश र जनताका लागि राम्रो काम गर्ने राम्रा उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका छन् ।युवा नेता सीबी साहले भनेका छन्, ‘आसन्न निर्वाचनमा हाम्रालाई हैन, अब राम्रालाई भारी बहुमतले विजयी गराऔं । सुशासन, बदलाव, विकास र समृद्धिको तपाई – हाम्रो साझा सपना एवं संकल्पलाई पुरा गरौं ।’

नेपालको हरेक राजनीतिक आन्दोलनहरुमा सर्लाहीले महत्वपूर्ण योगदान र भुमिका निर्वाह गर्दै आइरहेको बताउँदै उनले देशको प्रगतिशिल आन्दोलनको एउटा उर्वर – आधारभूमिको रुपमा सर्लाही रहेको बताए ।

‘मुलुकमा व्यवस्था परिवर्तन, निरंकुशताको अन्त्य र आमजनताको मुक्तिको लागि अतुलनीय योगदान एवं भूमिका निर्वाह गरेर आफ्नो गौरवपूर्ण इतिहास रचन सफल सर्लाही आज मुलभुत रुपमा केही कपटी, ठग, भ्रष्ट, बहुरुपिय, दलाल, धोकेबाज, षड्यन्त्रकारी एवं प्रतिक्रियावादीहरुको बेइमानीपूर्ण गलत रवैया एवं हर्कतले गर्दा नै देशका अन्य विकट तथा दुर्गम जिल्लाहरुभन्दा पनि पछाडी परेको छ’, साहले भनेका छन् ।

आज सर्लाहीमा राम्रो स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा एवं भरपर्दाे रोजगारीको लागि हामी सर्लाहीबाट बाहिर जानैपर्ने बाध्यात्मक स्थितिको सिर्जना भएको उनले बताएका छन् ।

‘विगतमा व्यापार, व्यवसाय, उद्योगधन्दा एवं कृषि लगायतका क्षेत्रमा विभिन्न कृर्तिमान कायम गरेको सर्लाही जिल्ला आज गरिबी, बेरोजगारी, अशिक्षा, भ्रष्टाचार, लुटखसोट, अभाव, अस्थिरता एवं अस्तव्यस्तता जस्ता गलत एवं नकरात्मक विषयहरुमा कृर्तिमान खडा गर्दै गइरहेको बिडम्वनापूर्ण स्थिति छ’, उनले भनेका छन्, ‘समग्र मानव विकास सुचकांक सहितका लगभग हरेक सुचकांकहरुमा सर्लाही दिनप्रतिदिन झनझन कमजोर एवं पछाडी पर्दै गइरहेको स्थिति छ । यसप्रति मुख्यतः सचेत एवं जागरूक युवा वर्ग लगायत सम्पूर्ण सर्लाहीवासी गम्भीर रुपमा चिन्तित हुन जरूरी छ ।’

‘हिजो आर्थिक, सामाजिक, साँस्कृतिक, चेतना र राजनितिक जस्ता हरेक क्षेत्रमा अगाडि रहेको जिल्ला आज अखिर किन पछाडि पर्न गयो ? बदलाव, विकास र समृद्धिको पर्याप्त/प्राचुर सम्भावना भएर पनि किन सर्लाहीमा विकास हुन सकेन? यसप्रति तपाईं, हामीले गम्भीरतापूर्वक चिन्तन, मनन् गर्न जरुरी छ। हाम्रो सर्लाहीका आम जनताले आफ्नो आलो घाउमा सहजै मलहम पनि लगाउन सक्ने हैसियत र अवस्थामा नपुग्दै हाम्रा कथित ठूल्लो एवं महान नेताज्यूहरुसंग विलासी एवं महंगा गाडी र आलिसान महल ठड्याउने, अकुत धन/सम्पत्ति कहाँबाट आयो ? यसको निर्मम समिक्षा गर्ने बेला भएको छ’, उनले भनेका छन् ।

उनले अगाडि थपेका छन्, ‘के सर्लाहीमा सुक्दै गएको व्यापार–व्यवसाय, बन्द हुदै गएको उद्योग–धन्दा र कृषिप्रतिको बढ्दो विकषर्ण र निरासालाई हामी बदलेर आकर्षण एवं उत्साहमा परिणत गर्न सक्छौं । के हामी राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा र भरपर्दाे रोजगारीको प्रबन्धसहितको आधुनिक एवं स्मार्ट सर्लाही बनाउन सक्छौं ? के हामी सर्लाहीबाट देश दुनियाँलाई एउटा सार्थक विकासको मोडल दिन सक्छौँ ? यी अहम् एवं महत्वपूर्ण प्रश्नहरु समयले आज तपाईं–हामीलाई सोधिरहेको छ ।’

आजसम्म सर्लाहीको जनताको अमूल्य विश्वास र भोट पाएर धेरै नेताहरु पटक पटक मुखिया, मेयर, विधायक, संसद र मन्त्री समेत भएका छन् । उनीहरुले सर्लाहीको सम्मान गौरव र गरिमा बढाउन के–के गरे ? सर्लाहीमा बदलावको लागि तथा सर्लाहीको विकास र समृद्धिका लागी के–के गरे ? यसको हिसाब–किताब खोज्ने बेला भएकोे भन्दै आगामी निर्वाचनमा सक्षम उम्मेवारलाई मतदान गर्नुपर्ने साहको भनाई रहेको छ ।

‘तपाई–हामीले विश्वास र भरोसा गरेका नेताहरुले नै हामीलाई पटक पटक ठग्न, बेच्न, लुट्न, सताउन र दबाउन उद्यत रहे । यीनीहरुले सर्लाही र सर्लाहीबासीको सेवा गर्नुको सट्टा तपाई–हामीमाथी शोषण दमन गरिरहे । के यिनै भ्रष्ट, दलाल, कपटी र ठग बहुरुपीया नेताहरुलाई फेरीपनि आउदो निर्वाचनमा जिताएर सर्लाहीको सम्मान, विकास र समृद्धि सम्भव छ ?’ उनले प्रश्न गरेका छन् ।

सुरक्षित, सम्मानित, समृद्ध एवं विकसित सर्लाही आजको आवश्यक्ता हो। जुनकुरा जनतालाई बेच्ने, ठग्ने, सताउने र दबाउने पुरानै प्रतिक्रियावादी छद्मभेषी बहुरुपीया नेताहरुबाट सम्भव छैन । यसका लागि देशमा सुशासन, विकास र समृद्धिको लागि ऐतिहासिक योगदान एवं भूमिका निर्वाह गर्दै आएका व्यक्ति तथा देश र जतनाको हितमा अनवरत नयाँ सोच र युवा जोशका साथ लड्ने, भिड्ने र खट्ने नेता मात्र एक विकल्प हुन सक्ने निष्कर्ष उनको छ ।

गरिबी, अशिक्षा, बेरोजगारी, एवं पछौटेपनको अन्त्य तथा शोषण, दमन र उत्पीडिनरहित सामाजिक न्यायमा आधारित समतामुलक समाज, सदाचार, सुशासन, बदलाव, विकास र समृद्धिका लागि एक पटक आफैँलाई विश्वास गरेर साथ दिन उनले अपिल गरेका छन् ।

‘समृद्ध एवं विकासित सर्लाही निर्माणको महाअभियानमा हातमा–हात र काँधमा काँध मिलाएर अघि बढौं । सर्लाहीको सम्मान, बदलाव, विकास र समृद्धि सम्भव छ । सर्लाहीको श्रेष्ठता सम्भव छ । आउनुहोस् कर्तव्यपथमा दृढतापूर्वक सहकार्य गरौं । बदलिएको विकसित एवं समृद्धि सर्लाही निर्माणको तपाई हाम्रो अधुरो सपना एवं संकल्प पुरा गर्न सम्भव छ’, साहले अपिलमा भनेका छन् ।

यहीं मंसिर ४ मा हुनगईरहेको आम निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) बाट लालटेन छाप लिएर युवा नेता सीबी साहले यसपटक प्रदेश सभा सदस्य पदका लागी स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.