१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
राष्ट्रिय तत्मा समाज नेपालको सचिवालय बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

राष्ट्रिय तत्मा समाज नेपालको सचिवालय बैठक सम्पन्न

प्रदीप कुमार दास
धनुषा फाल्गुन ०९  ।धनुषा जिल्लाको जनकपुरधाममा अवस्थित केन्द्रीय कार्यसमितिको कार्यालय दास कुट्टीको सभाहलमा राष्ट्रिय तत्मा समाज नेपालको सचिवालय बैठक भव्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रिय तत्मा समाज नेपालको माघ २९ गतेको निर्णय अनुसार केन्द्रीय कार्यसमितिको बैठक फाल्गुन ०७ गते आईतबारका दिन केन्द्रीय अध्यक्ष राम आशिष दास तत्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल भरीको राष्ट्रिय तत्मा समाज नेपालको पदाधिकारीहरुको उपस्थितिमा विशेष कार्य योजना निर्धारण र छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी पदाधिकारीहरुको भनाई अनुसार तत्मा समुदायबाट संघीय,प्रदेश र स्थानीय तहमा निर्वाचित भई तत्मा समुदायको मान- मर्यादा बढाएको र गर्भन्वित महसुस भएको हुँदा ,निर्वाचित तत्मा समुदायका सांसद,प्रदेश सांसद,मेयर,उपमेयर र वडाध्यक्षहरुलाई होली मिलन कार्यक्रम आयोजना गरी शुभकामना आदान-प्रदान गर्दै सम्मान गर्ने केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय पारित गरिएको र ३ वटा प्रस्ताव माथि छलफल गरी पारित गरिएको केन्द्रीय महासचिव शंकर दास तत्माले जनाएका हुन् ।

उनका अनुसार तत्मा समुदायबाट निर्वचित हुनुभएका सांसद , प्रदेश सांसद, मेयर, उपमेयर र वडाध्यक्ष लगायत बरिष्ठ व्यक्तित्वहरुको सम्मान कार्यक्रम फाल्गुन २० गते शनिबार गर्ने निश्चित भएको पनि बताउनु भयो ।

त्यस्तै , कार्यक्रममा राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष राम आशिष दास तत्मा , बरिष्ठ उपाध्यक्ष झगरू दास तत्मा,महासचिव शंकर दास तत्मा,उपाध्यक्ष सिकिन्दर दास तत्मा , प्रवक्ता रामप्रित दास तत्मा लगायत सदस्यहरू धनेश्वर दास तत्मा,रामाधार दास तत्मा, पञ्च लाल दास तत्मा ,प्रदीप कुमार दास,जगदीश दास तत्मा,गंगा प्रसाद दास , ब्रह्मदेव दास तत्मा, रघुनाथ दास ,राजदेव दास तत्मा लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको बरिष्ठ उपाध्यक्ष झगरू दास तत्माले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.