१७ मंसिर २०८०, आईतवार | Email:- [email protected] | [email protected]
ब्रह्मपुरीका सरोकारवालाहरुको प्रतिवद्धता ः बालविवाह, बालश्रम र दाइजो प्रथा न्यूनिकरणमा भूमिका खेल्छौं – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ब्रह्मपुरीका सरोकारवालाहरुको प्रतिवद्धता ः बालविवाह, बालश्रम र दाइजो प्रथा न्यूनिकरणमा भूमिका खेल्छौं

फागुन ९ गते ।। जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा सरोकारवालाहरुले बाल विवाह तथा बाल श्रम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट भूमिका खेल्ने बताएका छन् ।
अस्ट्रेलियन एडको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेटशन नेपाल, ह्याण्डीक्राफ्ट ईन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)सर्लाही, वल्र्ड एजुकेशन र ब्रह्मपुरी गाउँपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत समुदाय परिवर्तन समूहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच भएको सम्वाद कार्यक्रमका क्रममा उनीहरुले यस्तो बताएका हुन् ।
सो गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष रामसागर महतोको अध्यक्षतामा नोकैल्वास्थित वडा नम्बर ६ को सभाहलमा भएको सम्वाद कार्यक्रममा बोल्दै वडाअध्यक्ष रामसागर महतो, वडा नम्बर ६ का अध्यक्ष हिरेन्द्र कुमार यादव, वडा नम्बर १ का वडा अध्यक्ष निरन्जन प्रसाद कलवार(पप्पुजी), धर्मगुरु रुपनारायण मिश्र, मुस्लिम धर्मगुरु जवाहार मंसुर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुदल पासमान, समाजसेवी नरेश यादव लगायतका जनप्रतिनिधि, धार्मिक गुरु तथा अन्य सरोकारवालाहरुले बालविवाह तथा बालश्रम अन्त्यका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । उनीहरुले सानै उमेरमा हुने विवाहले समाजलाई फाईदा नगर्ने बताए । उनीहरुले तराईमा दाइजो प्रथा सबैभन्दा विकराल समस्याको रुपमा जरा गाडेर बसेकोले यसले समाजलाई थप तहसनहस बनाएको बताए ।
परम्पराका नाउँमा समाजलाई अघि बढ्न रोक्ने प्रथाहरु क्रमशः त्याग्दै जानुपर्ने भन्दै उनीहरुले बालबालिकालाई काममा नभई पढ्न लगाउनु पर्ने बताए । अहिले पनि स्थानीय होटल, साना सवारी साधन, ईट्टाभट्टा र अन्य स्थानमा बालबालिकालाई काममा लगाईएको अवस्था रहेको बताउँदै उनीहरुले त्यस्ता कार्य रोक्न आफूहरु प्रतिबद्ध भई अघि बढ्ने बताए ।
सरोकारवालाहरुले पहिलेको तुलनामा बालविवाह, बालश्रम र दाइजो प्रथा केही हद कम भएको बताउँदै परिवर्तनको मुख्य कारण वल्र्ड भिजन र आरआरपिकेले सञ्चालन गरेको समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना नै भएको बताए । उनीहरुले बालविवाह, बालश्रम र दाइजो प्रथा कानून विपरीत हो भन्ने कुरा सिकाई परियोजना मार्फत नै थाहा पाएको बताए ।
कतिपय कानूनले वर्जित गरेका कुराहरु पनि थाहा नभएकै कारणले समाजले निरन्तरता दिईरहेको भन्दै उनीहरुले सबै समस्याको जड अशिक्षा नै भएकोले शिक्षामा जोड दिनुपर्ने बताए ।
सम्वाद कार्यक्रमलाई पत्रकार सोम दियालीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य परियोजनाका संरक्षण फिल्ड अफिसर राजनारायण साहले राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.