७ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुुरमा खुल्ने भयो राष्ट्रिय खाद्य बैंक लिं को क्षेत्रीय कायालय, दुुई पक्ष बिच सम्झौता सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुुरमा खुल्ने भयो राष्ट्रिय खाद्य बैंक लिं को क्षेत्रीय कायालय, दुुई पक्ष बिच सम्झौता सम्पन्न

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा राष्ट्रिय खाद्य बैंक स्थापना गर्न सम्झौता गरिएको छ । ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा आज(बुुधवार) राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख (मेयर) आचार्य  बीच लिखित सम्झौता भएको छ ।

प्रथम पक्ष र दोस्रो पक्षबीच पूर्ण सहमति भए अनुसार राष्ट्रिय खाद्य बैंक लि. ले यस मधेश प्रदेशको कार्यक्षेत्रलाई सहजता बनाउनका लागि ईश्वरपुरमा क्षेत्रीय कार्यालय स्थापना गरी विविध कृषि परियोजनाहरु सञ्चालन गर्दै उत्पादित बस्तुहरु जगरपनलिमनमने सहयोगमा उत्पादन, सकलन, ग्रेडिङ, प्याकेजिङ तथा वाण्डिङ र बजारीकरणको कार्य वितार सम्झौता गरिएको ईश्वरपुर नगरपालिकाले जनाएको छ । कृषी उपज उत्पादनको केन्द्र बिन्दु रहेको ईश्वरपुर नगरपालिकामा सम्झौता पश्चात किसानहरु हर्षित भएका छन ।

ईश्वरपुर नगरपालिका र राष्ट्रिय खाद्य बैंक बिच जैविक विविधताको संरक्षण, जमिनभित्रका पानीको सरक्षण र भरण लगायतका कार्यहरुको सम्बन्धित वस्तुको इकोसिष्टममा नगरपालिकाबाट पूर्ण अगुवाईमा सरक्षण समन्वयमा प्रयोग गर्ने गराउने र आवश्यकता परेमा डि.पि.आर. समेत बनाउदै कार्यक्रम संचालन गर्ने। आम कृक्षक, कृषि सहकारी तथा उद्यमशील महिला तथा पुरुषहरु कृषि उत्पादनमा जोडिन त्रिपक्षीय पहलमा प्रभावकारी कार्यक्रमहरु सञ्चालनमा ल्याउने। सम्झौता अवधि भने दुवै पक्षबीच छलफल गरेर मात्र कायम गरिने सम्झौता भएको छ ।

यसैगरी कृपक, उद्योगी तथा व्यापारीहरुलाई राष्ट्रिय खाद्य बैंकमा एकाकार तथा संस्थागत आवद्धताका लागि सहजीकरण गर्ने। नगरपालिका र राष्ट्रिय खाध बैंक मिलेर काम गर्ने र कार्य योजना तयार गर्ने र संचालनमा ल्याउने। उत्पादित कृषि उपजहरु डुबानीका लागि ई भि भेइकल गाडीको खरिदका लागि दुवै पक्षको आपसी सहमति र सहकार्यमा व्यवस्थापन गर्ने। नगरपालिका, राष्ट्रिय खाद्य बैंक तथा उत्पादक समूहहरु बीच त्रिपक्षीय समन्वयमा उत्पादित कृषि वस्तुहरुको मूल्य निर्धारण गर्ने । तालिम, गोष्ठी, सेमिनार, छलफलका लागि तहांबाट पुर्ण व्यवस्थापनमा सहयोग पुरÞ्याउने सम्झौतामा उल्लेख छ ।

 

त्यस्तै सहुलियत कर्जा किसान कार्ड कार्यक्रम यस कार्यक्रम अन्तर्गत कृषि विकास बैंकवाट जारी गरिएको तथा वि पे को समन्वयमा यस राष्ट्रिय खाद्य बैंक लि मार्फत व्यवसायिक कुपकलाई २ लाखदेखि ५ लाखसम्मको किसान क्रेडिड कार्ड विना धितो सहूलियत व्याजमा उपलब्ध गराउने भएकाले सो कार्ड प्राप्तिका लागि व्यवसायी कृपकलाई नगरपालिकाले सिफारिस सहित यस राष्ट्रिय खाद्य बैंक लि. मा र नाम पहिचान सहितको फारम उपलब्ध गराउने, २०% मात्र नगद रकम लिन पाइने छ भने बाँकी रकम कार्डको माध्यमबाट बस्तु र सेवा लिन सकिनेछ । माइक्रो कोल्ड स्टोर परियोजना यस परियोजना अन्तर्गत माइक्रो कोल्ड स्टोरको सम्पूर्ण निमांण यस राष्ट्रिय खाद्य बैंकबाट गरिने र स्टोरको लगानी र सञ्चालन तहां नगरपालिका र यस बैंकले आवश्यक पर्ने कामहरु गर्न योजना बनाएर दुवैपक्षको सहमतिमा कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ ।

यसैगरी पेलेट दाना । पशुपछी हांस, कुखुरा, गाई, भैसी, खसी, बाखा, सुंगुर, बंगुर, चराचुरुङ्गी आदि र माछाको दाना, खाद्यान्न) विक्री वितरण तथा उपलब्धता यस परियोजना अन्तर्गत कृषकहरुलाई यस राष्ट्रिय खाद्य बैंकबाट दानाहरु, विज्ञ परामर्श सेवा, कृषि औजार र औषधी लगायतको सामाग्रीहरु उपलव्ध गराउने र सो वापत कृषकहरुबाट उत्पादित बस्तुहरु खरिद गर्ने केही समस्या भएमा दवै पक्ष बसी समाधान गर्ने, मधेश प्रदेश प्रादेशिक कार्यालय र राष्ट्रिय खाद्य गोदाम, प्याकेजिङ्ग सेन्टरका लागि घरको व्यवस्थापनमा तहांबाट पूर्ण साथ र सहयोग तथा समन्वय गर्ने । धान, चामल, मैदा, आटा, गेडागुडी, दलहन, तेलहन र सक्कर तथा विभिन्न खाद्य उद्योगहरुसंग समन्वय गरी गराई उत्पादित वस्तुहरु यस बैंकलाई उपलब्ध गराउन पहल तथा सहजिकरण गर्ने नगरपालिका र राष्ट्रिय खाद्य बैंक बिच सम्झौता भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button