राज्यमन्त्री केशव रायद्धारा छडके अनुगमन
प्रदीप कुमार दास, रौतहट ।
श्रावण २७ गते, आईतवार ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमंत्री केशव रायले प्रदेशिक अस्पताल तथा जिल्ला जनस्वास्थय कार्यालय कलैया, बारा कार्यालयमा छड्के अनुगमन गर्नु भएको छ । विभिन्न समाजिक सँजाल तथा अन्य माध्यबाट मधेशका प्रादेशिक अस्पतालहरुको बारेमा नाकारात्मक तथा सेवाग्राहीहरुको गुनासो सुनेर छडके अनुगमन गर्नु परेको राज्य मन्त्री रायले जानकारी गराए ।
गणतान्त्रिक राष्ट्र नेपालमा जनताले सरल र सहज स्वास्थ्य सेवा पाउनु पर्नेमा सँचार माध्यम तथा अन्य माध्यमबाट स्वास्थ्य सुविधा प्रति जनताको मानसिकतालाई बुझन तथा वास्तविक जानकारीका लागि राज्य मन्त्री यादवले अनुगमनमा तिब्रता बढाएका छन् । आज दिउँसो राज्य मन्त्रीले अस्पताल कर्मचारीहरुलाई विना जानकारी अनुगमन गरेका थिए । अनुगमनका क्रममा राज्यमन्त्री रायले सेवाग्राहीहरुसँग समेत भेटघाट गरेका थिए । सेवाग्राहीहरु तथा अस्पतालका अन्य अनुगमन पश्चात राज्य मन्त्री रायले प्रभावकारी रुपमा अस्पतालबाट सेवा प्रवाह हुने तथा सेवा प्रवाहमा प्रादेशिक अस्पताल तथा मधेश प्रदेश स्वास्थ्य मन्त्रालयबाट आवश्यक पर्ने सबै किसिमका सहयोग तथा समन्वयमा कुनै किसिमका सम्झौता नहुने बताएका छन् ।
स्वास्थ्य सेवा व्यापार नभई सामाजिक तथा धार्मिक हिसाबले एक धर्म एवम् मानवता पनि भएको र यसमा हामी सबै सरोकारवालाहरुले सहयोग र समन्वय गर्नु पर्ने सबैको अधिकार रहेको बताएका छन् ।