१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मलंगवा नगरपालिकाको ३६ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मलंगवा नगरपालिकाको ३६ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनिता साह
सर्लाही,१८ फागुन । सर्लाहीको मलंगवा नगरपालिकाले आफनो ३६औ स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाएको छ । नगरपालिका स्थापन दिवसको अवसरमा आफनो छुटै लोगो सार्वजनिक गरेको छ भने मलंगवा स्मारिका पुस्तक पनि सार्वजनिक गरेको छ ।

लोगो एम आकारको रहेको छ, नगरपालिकाको लेटर प्याडमा नेपाल सरकारको लोगो सहित आफनो लोगो पनि हुने मलंगवा नगरपालिकाले जनाएको छ ।

आज मलंगवा नगरपालिकाको आयोजनामा नगरपालिकाले आफनो ३६ वर्ष पूरा गरेको उपलक्ष्यमा जनप्रतिनिधि तथा कर्मचारी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो। मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले दुई गोल गरेर जनप्रतिनिधिहरुलाई पराजित गरेको छ । आधी घण्टा सम भएको फुटबल प्रतियोगितामा जनप्रतिनिधिहरुले भने १ गोल गरेका थिए ।

त्यसतै स्थापना दिवसको अवसरमा नगरपालिकाले र्याली, साँस्कृतिक कार्यक्रम, गाग्री फुटाउने प्रतियोगिता गरि स्थापना दिवस मनाएको हो ।

३६ औ स्थापना दिवसमा मलंगवा नगरपालिकाले विधार्थीहरुले नगरपालिका चौक देखि र्याली समेत निकालेका थिए। र्याली जनसागर पोखरी डिलमा आएर कोणसभामा परिणत भएका थिए ।

यसैगरी जनसागर पोखरी नजिक पार्क समेत बन्ने भएको छ ।यस्तै पोखरीमा आन्तरिक तथा वाह्य पर्यटक बढाउने उदेश्यले ४ वटा वोट समेत राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । त्यस्तै स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत समेत गरिएको अधिकृत गौतमले जानकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा नगरपालिकाले यस अघि स्वास्थ्य स्वयंसेविकाहरु बिच म्युजिकल चेयर प्रतियोगिता, निबन्ध प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री रामचन्द्र राय , प्रदेश सभा सदस्य कौशल किशोर राय, मलंगवा नगर प्रमुख नागेन्द्र राय, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव,घरेलु तथा साना उधोग कार्यलय पर्मुख जितेन्द्र कोशोर गुप्ता लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.