हरिवनमा भव्य रथ यात्रा सहित नगरपरिक्रमा

सर्लाही ।सर्लाहीको हरिवन नगरपालिकामा नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको आयोजनामा भव्य रथ यात्रा सहित नगर परिक्रममा गरिएको छ ।
हरिवन वार्ड ६ घुर्काैली स्थित हनुमान चौकबाट सुरु भएको रथ यात्रा हरिवन नगर परिक्रममा गरेर पुन सोही ठाउँमा आएर अन्त्य भएको आयोजकले जनाएका छन ।
भोलि बिहान लवकुश भगवनाको मुर्ति स्थापना गरी बिहान ९ बजेदेखि पुजा सुरु गरिने समाजका जिल्ला सचिव विरेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए । आज साँझ नै मुर्ति स्थापना गर्ने कार्यक्रम रहेपनि नगर परिक्रममा मै ढिलो भएका कारण भोलि बिहान मुर्ति स्थापना गरिने सचिव कुशाहाको भनाई छ ।
आयोजकले नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय कार्यालयको पत्रको आधारमा अन्य जिल्लाझै सर्लाहीमा पनि समाजको आयोजनामा कुशवाहाको कुल पुरुष कुशको जन्मदिनको अवसरमा कुश जयन्तीको रुपमा भव्यताका साथ मनाउन तथा तिन दिवसिय पुजामा सहभागी सबैलाई आह्वान गरेका छन ।
कुशवाहा कल्याण समाजमा आवद्ध रहेका सम्पूर्ण बुद्धिजिवि, समाजसेवी, राजनीतिकर्मी, व्यापारी, महिला, युवाहरुलाई उक्त कार्यक्रममा सहभागी हुन अपिल गरिएका छन ।
जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ६ घुकौंली स्थित हनुमान चौकमा उपस्थित हुन आग्रह गर्दै समाजका जिल्ला अध्यक्ष लक्ष्मण महतोले
भोली ३ गते विहान ९ बजे पुजा तथा भोली ११ बजे मन्तव्य तथा सम्मान कार्यक्रममा अनिवार्य उपस्थितिका लागि पत्र मार्फत आग्रह गरेका छन् ।
आज निकालिएको रथ यात्रा सहितको नगरपरिक्रमामा ५२ वटा ट्रेक्टर, तिन सय मोटरसाइकल सहितका रथ यात्रामा रामधुनको झाँकी सहित करिव दुई हजार भन्दा मानिसहरुको सहभागीता रहेको आयोजकले दाबी गरे ।
।