
सर्लाही१९ फागुन ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।
चन्द्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष महतो र उपाध्यक्ष गिता देवी महतोले संयुक्त रुपमा गर्नुभयो ।
आज देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १५ प्रकारको खेल हुने खेलकुद प्रशिक्षक अरुण चौधरीले जानकारी दिनुभयो । यसैगरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा दुर्गा खोभारी जन्ता मावि चन्द्रनगर-२, राम जन्ता आधारभुत विधालय चन्द्रनगर-३,मरिचमान सिंह जन्ता मावि चन्द्रनगर-६, अरनिको जन्ता आधारभुत विधालय चन्द्रनगर-५ र जन्ता माध्यमिक विधालय चन्द्रनगर-१ किशनपुर गरि पाँच विधालयका छात्र तथा छात्राहरुले भाग लिएका छन ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम दितिय र तृतीय हुने टिमलाई मेडेल तथा प्रमाणपत्र प्रदान गरिने छ भने सहभागी छात्र तथा छात्राहरु मध्ये उत्कृष्ट प्रथम दितीय र तृतीयलाई कप मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रशिक्षक चौधरीले बताउनुभयो ।