१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बाल बिबाह अन्त्य तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन विवाह मन्डपमै ५० हजार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल बिबाह अन्त्य तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन विवाह मन्डपमै ५० हजार

सर्लाही,२२ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अनत्य गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन विवाह मन्डपमै ५० हजारको चेक हस्तान्तरण गर्ने गरेको छ ।

बाल बिबाह अन्त्य तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन हाल सम्ममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले ११ छोरीहरुलाई ५० हजार चेक हस्तान्तरण गर्नुभएको छ।

आज पनि चन्द्रनगर गाउँपालिका वडा नं ७ बस्ने २२ वर्षीया बेहुली एलिसा चौधरीलाई गाउँपालिका अध्यक्ष महतो, उपाध्यक्ष गिता देवी महतो र वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै गाउँपालिका अध्यक्ष महतोले छोरीहरू शिक्षित भयो भने सम्पूर्ण परिवारनै शिक्षित हुने गरेको हुदा छोरीहरूलाई उच्च शिक्षामा पहुच पुर्‍याउन यो कार्यक्रम लागु गरिएको बताउनुभयो ।गाउँपालिकाले बालविवाह अनत्य तथा छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान थालेपछि अभिभावक पनि सचेत बनेका छन् ।

गाउँपालिका अध्यक्ष महतोले छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको बताउनुभयो ।

मधेस प्रदेश सरकार लगायत स्थानीय सरकार मध्येहरुमै चन्द्रनगरको यो कार्यक्रम उत्कृष्ट भएको बेहुलीको फुफाज्यु रामानन्द चौधरीले बताउनुभयो ।

बेहुली चौधरीको बिहे ईश्वरपुर नगरपालिका वडा नं ७ बस्ने २६ वर्षीय प्रविण कुमार चौधरी संग भएको छ ।

नव निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकामा छोरीहरूको उच्च शिक्षा बिचमै रोकिने परम्परा हटाउन र बालविवाह न्युनिकरण गर्ने निर्णय गरेको थियो ।

तराई मधेशमा अहिले पनि बालविवाह व्यापक हुने गर्दछ । चन्द्रनगरमा भने यो अभियान सँगै परिवर्तन भएको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.