१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ब्रह्मपुरीमा बालबालिका र सरोकारवालाबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ब्रह्मपुरीमा बालबालिका र सरोकारवालाबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न

सर्लाही,३चेैत्र। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा बालबालिका र सरोकारवालाबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय जलधार कमलदेव उच्च माविको सभाहलमा गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीको अध्यक्षतामा अष्ट्रेलियन एडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेशनल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) तथा ब्रह्मपुरी गाउँपालिकाकको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजनाको आयोजनामा बहस कार्यक्रम सम्पन्न भएको हो ।
पत्रकार सोम दियालीले सञ्चालन गरेको बहस कार्यक्रममा समावेशी शिक्षामा केन्द्रित रहेर विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागि हुन आएका बालबालिकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाअध्यक्षहरु, शिक्षा शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा समाजसेवीहरुलाई प्रश्न गरेका थिए ।
बालबालिकाहरुले विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न, सबै बालबालिकालाई विद्यालयको पहूँचमा ल्याउन, विभिन्न विद्यालयमा भएको शिक्षक दरबन्दी अभाव पूर्ति गर्न र समग्रमा गाउँपालिकाको शिक्षालाई पूर्ण समावेशी बनाउन गाउँपालिकाको योजना के छन् ? भनेर प्रश्न गरेका थिए । त्यस्तै उनीहरुले विद्यालयहरुमा गुणस्तरीय शिक्षा, बालविवाह लगायतका विषयमा पनि प्रश्न गरेका थिए ।
जवाफमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाअध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरुले ब्रह्मपुरी गाउँपालिकाको शिक्षामा सुधार गर्न आफूहरुले शिक्षा नीति नै लागू गरेको बताएका छन् । उनीहरुले गाउँपालिकाभित्रका विद्यालयहरुमा आगामी बैशाख जेठ सम्ममा दरबन्दी मिलान गरिसकिने बताएका छन् । त्यस्तै विविध कारणले विद्यालयहरुमा रोकिएको दिवा खाजाको कार्यक्रमलाई निरन्तरता दिईने पनि उनीहरुले बताएका छन् ।
त्यस्तै कार्यक्रममा ब्रह्मपुरी गाउँपालिकामा सिकाई परियोजना सञ्चालन भएकै कारण अभिभावकहरुमा पनि बालबालिकालाई पढाउनै पर्छ भन्ने चेतनाको विकास भएको बताए ।
गाउँपालिका अध्यक्ष रामपदारथ साह तेलीले विगतका कमीकमजोरी नदोहोरिने बताउँदै आफ्नो कार्यकालमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए ।
बहस कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष श्यामकलादेवी यादव, प्रमुख प्रशासकीय अधिृकत शैलेश कुमार यादव, वडा नम्बर १ का वडाअध्यक्ष निरन्जन प्रसाद कलवार(पप्पुजी), वडा नम्बर ३ का वडाअध्यक्ष गौतम कुमार यादव, वडा नम्बर ५ का वडाअध्यक्ष नबीन कुमार यादव, वडा नम्बर ७ का वडाअध्यक्ष रामसागर महतो कोईरी, शिक्षा शाखाका प्रमुख राजिब कुमार शर्मा, महिला तथा बालबालिका शाखाकी प्रमुख सविता साह, स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र राउत, सिकाई परियोजनाका बरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)का संरक्षण संयोजक नागेन्द्र कुमार साह लगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच, ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीले त्यहाँ लागेको सिकाई मेलाको अवलोकन गरेका छन् ।
समावेशि शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत त्यहाँ सञ्चालित मेलामा विभिन्न तीन ओटा विद्यालयका कक्षा १ देखि ५ सम्मका बालबालिकाहरु आफैले बनाएका शिक्षण सामाग्रीसहित विभिन्न प्रकारका कलात्मक चित्रहरु प्रदर्शन प्रर्दशनमा राखिएको थियो ।
बालबालिकाको कलालाई गाउँपालिका अध्यक्ष तेलीले ध्यानपूर्वक हेरेका थिए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाश कुमार राय, महिला तथा बालबालिका शाखाकी प्रमुख सविता साहलगायतले अवलोकन गर्दै बाबुनानीहरुको कलाको प्रसंशा गरेका थिए ।
मेलामा बालबालिकाले बनाएर प्रदर्शनमा राखेका सामाग्रीहरुबारे सम्बन्धित विद्यालयका प्रतिनिधि शिक्षकहरुले व्रिफिङ्ग गरेका थिए । बालबालिकालाई थप सिर्जनसिल बनाउन र अन्य बालबालिकालाई प्रेरणा दिलाउने उदेश्यले मेलाको आयोजना गरिएको सिकाई परियोजनाका वरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेलले बताए ।
सिकाई परियोजनाले जिल्लाको हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिका गरी चार ओटा पालिकाहरुमा विगत साँढे तीन वर्षदेखि बालबालिकाको शिक्षा तथा बाल संरक्षणको सवालमा काम गर्दै आईरहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.