१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा अती विपन्न मुस्लिम परिवारलाई खाधान्न सामग्री सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरमा अती विपन्न मुस्लिम परिवारलाई खाधान्न सामग्री सहयोग

सर्लाही,४ चैत्र । सर्लाहीको हरिपुरका अतीविपन्न मुस्लिम घर परिवारलाई खाधान्न सामग्री सहयोग गरिएको छ ।

इस्लामीक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवनले आज हरिपुर वडा नं २,३ र ५ का अती विपन्न २४८ मुस्लिम परिवारलाई प्रति परिवार ५६ सय २५ रुपैया बराबरकाे खाधान्न सामग्री सहयोग गरिएको छ ।

आउदै गरेको मुस्लिमहरुको महान पर्व रमजानलाई लक्षित गर्दै उनीहरुलाई राहत स्वरुप खाध्यन्न सामाग्री सहयाे गरेकाे बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताउनुभयाे ।

आज २४८ जना विपन्न मुस्लिम परिवारले खाधान्न सामग्री प्राप्त गरेको छ । क्रमश हरिपुरको विभिन्न वाडा गरि ६ सय बढी विपन्न परिवार तथा ईश्वरपुर नगरपालिकाको विभिन्न वडा गरि ६ सय बढी परिवार गरि जम्मा १२ सय ४० विपन्न परिवारमा खाधान्न सामग्री वितरण गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

शनिवार, आईतवार गरि २ सय ४८ मुस्लिम परिवारलाई ४० केजी चामल, दाल ५ केजी, खानेतेल ४ लिटर, चिनी ३ केजी, नुन २ केजी गरी ५६ सय २५ को खाधान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिनुभयो ।

बाकी रहेको ९ सय ९२ विपन्न परिवारले ५६ सय २५ को विभिन्न खाधान्न सामग्री छानि छानि लिन सक्ने छ ।

खासगरी फुसको घर भएको, आफनो खेती योग्य नम्बरी जग्गा न्यून भएको, दैनिक आम्दानीको स्रोत नभएको, मासिक आम्दानी १५ हजार भन्दा न्यून भएको, विपद्को जोखिममा रहेको वा क्षेती ग्रस्त , अती विपन्न तथा पछाडि परिएको , अपाङ्गता, गर्भवती महिला, बालबालिका र वृद्ध घरमुली भएका, टुहुरा बालबालिका तथा कुपोषित भएको , दिर्घरोगी भएको घरपरिवारलाई खाधान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।

वडा नं ५ बस्ने मोस्लिम साह फकिरले रमजानलाई लक्षित गर्दै पर्व आउनु भन्दा खाधान्न सामग्री पाएपछि एकदम खुसी भएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.