३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
७२ जना विपन्न घरघुरीलाई ग्राजुएसन – Nigrani Today
ताजा खबरमधेश प्रदेश

७२ जना विपन्न घरघुरीलाई ग्राजुएसन

महोत्तरी । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ७२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।
सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरे पछि महिलाहरु आयआर्जनका क्रियाकलापमा सहभागी भई परिवारको समृद्धिमा योगदान पुगेको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले विपन्न वर्गले पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमबाट लाभ लिएको र उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको कुरा बताउनुभयो ।
संस्थाद्वारा संचालित अति विपन्न घरधुरी स्नातक परियोजना मोडल अन्तर्गत एकडारा गाउँपालिकामा ४ सय ४ जना अति विपन्न घरधुरीलाई विभिन्न प्रकारको सीप, तालिम प्रदान गरी ब्यवसाय सहयोग गरिएको कुरा संस्थाका उपाध्यक्ष फुलमाया घिसिङ जानकारी दिनुभयो ।
परियोजना मोडल अनुसार सामाजिक सुरक्षा, वित्तिय समावेशीकरण, सामाजिक सशक्तिकरण र जीविकोपार्जन प्रवद्र्धन गरी चार वटै क्षेत्रका सूचकमा सहभागी घरधुरी पहिलेको अवस्थाबाट माथि उठ्न सफल भई परिवर्तन भएका ७२ घरधुरीलाई ग्राजुएसन गरिएको कुरा जीविकोपार्जन कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष फुलमाया घिसिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनोज कुमार मण्डल, वडा नं. २ का अध्यक्ष सखीचन्द्र यादव, वडा नं. ३ का अध्यक्ष रामविलास राय, वडा नं. ४ का का.वा. अध्यक्ष दर्बेस राय यादव, गाउँपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र महतो, महिला तथा बालबालिका शाखा प्रमुख इब्राहिम नडाफ, संस्थाका फोकल पर्सन उमेश न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा ब्यवसायमा सक्रिय भई ग्राजुएसन हुन सफल ७२ जनामध्ये १० जनालाई उत्कृष्ट ब्यवसायी (च्याम्पियन) का रुपमा सम्मान समेत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.