३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गाको मन्त्री द्वारा निरीक्षण – Nigrani Today
ताजा खबरस्थानीय

विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गाको मन्त्री द्वारा निरीक्षण

सर्लाही । लालबन्दी नगरपालिकामा विस्तार हुने काठमाण्डौं विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गाको मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले निरीक्षण गरेका छन ।
नगरपालिकाको वडा नम्बर १६ मा निर्माण हुने विश्व विद्यालयलको लागि आवश्यक पर्ने जग्गाको वन तथा वातावरणमन्त्री साह र श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय यादवले शनिवार (आज) निरीक्षण गरेका हुन ।
विश्वविद्यालय विस्तारीकरणका लागि गत वर्ष नै लालबन्दी नगरपालिका र काठमाण्डौं विश्वविद्यालयविच सहमति भएको भएपनि जग्गा प्राप्तीको विषयमा विवाद भएपछी प्रक्रिया अघि बढन सकेको थिएन ।
यसअघि सोही वडाको माथिल्लो भेग आँपचौरी नजिक जग्गा प्रस्ताव गरिएको भएपनि सो क्षेत्र सागरनाथ वनक्षेत्रमा पर्ने र हाल अदालतमा मुद्धासमेत चलिरहेकोले काम अघि बढन सकेन ।
केयूसँगको सहमति अनुसार समयमै काम अघि बढाउनुपर्ने भएकोले विकल्पमा सोही वडाको भोर्लेनीमा कालिन्जोर नदि किनारमा रहेको झण्डै ५० विगाह नदी उकास जग्गा प्रस्ताव गरिएको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले बताए ।
उनले जग्गा प्राप्तीभएको ६ महिनाभित्र काम अघि बढने र दुई वर्षभित्र पठनपाठन नै सुचारु गर्र्ने काठमाण्डौ विश्वविद्यालयसँग सहमति भएको बताए । मेयर अधिकारीले भने, ‘यहाँ क्याम्पसको स्थापना भएपछि मधेश प्रदेशको शिक्षाको स्तर उकासिनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धन, चुरे संरक्षणमा समेत टेवा पुग्ने विश्वास छ ।’ उनले नदि उकास क्षेत्र भएपनि वनको स्वामित्वमा रहेकोले विभागीय मन्त्रीसमेत रहेका वन तथा वातवारण मन्त्री साहलाई प्रदेशबाट आवश्यक प्रक्रिया पूरा गरी केन्द्रसँग समन्वय गरेर प्रक्रिया अघि बढाई दिन आग्रह गरे ।
स्थगत निरीक्षणमा रहेका वनमन्त्री साहले मेयर अधिकारीको प्रस्तावप्रति आफू सकारात्मक रहेको बताउँदै यस विषयमा आफूले छिट्टै निर्णय गर्ने बताए । उनले मधेश प्रदेशको मध्यभाग र प्रदेशवासीलाई पायक पर्ने स्थान समेत रहेकोले यस ठाउँमा कृषि क्याम्पस स्थापना हुँदा उपयुक्त हुने धारणा व्यक्त गरे ।
जग्गा प्राप्तिको विषयमा वन मन्त्री र मुख्यमन्त्री सतिश कुमार सिंह समेत सकारात्मक रहेकोले चाँडै काम अघि बढनेमा आफू विश्वस्त रहेको श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बताए ।
प्रस्तावित जग्गाको निरीक्षण टोलीसँगै रहेका लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिनले नगर कार्यपालिकाले निर्णय गरेर प्रस्ताव गरेको जग्गामा अब विवाद नआउने विश्वास व्यक्त गरिन । उनले प्रस्तावित जग्गा नदी उकास र खाली पर्ती भएकोले यसमा विवाद नआउने विश्वास व्यक्त गरिन ।
वडाअध्यक्ष गणेश थापाले मेयर वासुदेव अधिकारीले काठमाण्डौ विश्वविद्यालयलाई आफनो वडामा ल्याउन गरेको प्रयास अत्यन्तै सराहनीय रहेको बताए । उनले जग्गाका विषयमा कुनै विवाद नरहेको र वडावासीहरुको पूर्ण साथ र सहयोग रहनेमा पनि विश्वस्त दिलाए ।
त्यस्तै स्थानीय समेत रहेका एकीकृत समाजवादीका नेता उद्धव पाठकले यहाँ काठमाण्डौं विश्वविद्यालय विस्तारित गर्ने कामबाट नगरपालिका र प्रदेश सरकार पछि हटन नहुने बताए । उनले क्याम्पसको स्थापनाले प्रदेश र देशकै शैक्षिक पूर्वाधार विकासमा टेवा पुग्ने बताए ।
लालबन्दीमा काठमाण्डौं विश्वविद्यालय विस्तारिकरण गर्नका लागि लालबन्दी नगरपालिका र काठमाण्डौ विश्वविद्यालयबीच २०८० जेष्ठ ६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.