३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा पहिलो बालमैत्री पुस्तकालय – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा पहिलो बालमैत्री पुस्तकालय

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ३ बडकुर्वामा पहिलो बालमैत्री पुस्तकालय स्थापना  गरिएको छ । १७ औं पुस्तकालय दिवसको अवसरमा रामजानकी आधारभुत विधालयको पुस्तकालयको निरीक्षण  मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल रायले गर्नुभयो ।
यसैगरी रामजानकी आधारभुत विधालयको प्रांगणमा विभिन्न कार्यक्रम गरि१७ औं बालमैत्री पुस्तकालय दिवस पनि मनाइएको छ ।

१७ औं बालमैत्री पुस्तकालय दिवसको अवसरमा शिक्षक १० जना शिक्षकलाई सम्मान तथा पुस्तकालयमा उत्कृष्ट गर्ने ८ जना विधार्थीलाई  पुरस्कार वितरण  गरिएको थियो ।

श्रम तथा यातायात मन्त्री रायले आधारभुत विधालयहरु मध्ये यश विधालयमा मधेश प्रदेशमै यस्तो पुस्तकालय स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो । उहाले यो पुस्तकालय सर्लाहीमा नै पहिलो पटक स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंग, वडा नं ३ का वडा अध्यक्ष सिताराम महतो, नेपाली कांग्रेसका नेता श्याम सिंह, तेजनारायण चौधरी, विभिन्न विधालयका प्रधानाध्यापक लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.