२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सडक निर्माणमा सक्रियता बढाउदै मुसहर महिला – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सडक निर्माणमा सक्रियता बढाउदै मुसहर महिला

सर्लाही,१७ चैत्र । सर्लाहीमा मुसहर महिलाहरु सडक निर्माण कार्यमा सक्रियाता बढाएको छ । मुसहर महिलाहरु हत्तपत्त सामाजिक कार्यमा अगाडी आउदैनन् तर अहिले भने उनिहरुको अवस्था परिबर्तन भएको छ । आफ्नो टोलको बाटो तथा सामुदायीक भवन निर्माणमा चासो दिन थालेका छन । हालै मात्र सर्लाहीको हरिपुर नगरपालिका वडा नं ९ पिडारीका मुसहर महिला सशक्तीकरण मन्चका महिलाहरुले पहिलो पटक आफ्नो अगुवाईमा सडक बाटो निर्माण गरेका छन । हरिपुर ९ को वडा कार्यालय बाट प्राप्त ३ लाख ७० हजार रुपैया बजेट बाट ८० मिटर लम्बाईको गोबिन्द माझीको घर देखी श्रीचन माझकिो घर सम्मको मुल सडक ढलान निमार्ण कार्य सम्पन्न गरेका छन ।

पिडारीका मुसहर महिला सशक्तीकरण मन्चका अध्यक्ष जयकुमारी देवी माझीको अध्यक्षतामा सात सदस्सीय गोबिन्द माझीको घर देखी श्रीचन माझ्ीको घर सम्मको सडक उपभोक्ता समिति गठन गरी उनिहरुको सक्रियतामा निर्माण कार्य सम्पन्न गरेको हरिपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विश्वनाथ प्रसाद रायले बताउनु भयो । महिला समुहको पहलमा बाटो निमार्ण गर्दा आर्थिक अनियमितता नगरी छिटोछिटो काम सम्पन्न भएको वडा अध्यक्ष रायले बताउनुभयो ।

बिगतमा मुसहर महिलाहरु समुदाय विकासको काममा वास्ता नगर्ने हुनाले विकासमा पछाडी परेका थिए । मुसहर समुदाय एक जुट हुन नसक्दा विकासका अवसरहरुबाट समेत बन्चित हुनेगरेका थिए । समुहमा आबद्ध भए पछि समुह मार्फत वडा कार्यालय बाट बजेट माग गरेर समितिमा महिलाहरु स्वयम बसेर प्रत्यक्ष निगरानीमा बाटो ढलान निर्माण सम्पन्न गरेको समुहकी अध्यक्ष जयमुमारी माझीले बताउनुभयो । महिलाहरुले ढलानमा पानी हाल्ने, सरसफाई गर्ने काममा समेत आफुहरुले गर्ने गरेको जयकुमारीले बताउनुभयो ।

बाटो निर्माण पछि बिल र्फछौट गर्न नगरपालिका आएका समितिका पदाधिकारीहरुले मेयर गोपाल बजियार संग पाडो पालन र सामुहिक भबन निमार्णको लागी बजेट माग गरेका थिए । मेयर पजियारले आगामी असारमा भवन बनाउन बजेट छुट्टाउने प्रतिबद्धता समेत गर्नुभएको छ ।उहाले मुसहर समुदाएमा आएको चेतनाबाट खुशी प्रकट गर्नुभयो ।
पिडारीमा मञ्चको नेतृत्वमा उनीहरुले मुसहर बाल बालिकाहरुको जन्मदर्ता, नागरिकता बनाउने, विद्यालय भर्ना गर्ने गरेका छन । लैङ्गिक हिंशा बिरुद्ध जनचेतनामुलक ¥यालि आयोजना, स्थानिय सरकारसंग बजेट तथा योजना माग,सामुहिक खेती तथा बंगुरपाल गर्दै आएको आशा देवी माझीले बताउनुभयो ।

अन्डेफ तथा साउथ एसिया पार्टनरशीप नेपाल (साप–नेपाल) को सहयोगमा हरिपुर नगरपालिकामा संचालित नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रबन्र्धन कार्यक्रम अन्तगर्त मुसहर महिला सशक्तिकरण मञ्च गठन गरिएको छ । उक्त मञ्चमा ५० सदस्यहरु रहेका छन । समुहलाई पशु कार्यालयमा दर्ता गरेका छन । सशक्तिकरण मञ्चका सदस्यहरुलाई जनचेतना मुलक कार्यक्रम, शिक्षा, आयआर्जन, नितिगत छलफल संचालन गर्दै आइरहेको छ । कार्यक्रमबाट मुसहर महिलाहरुको नेतृत्व क्षमता विकास भएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

हाल हरिपुर नगरपालिकामा १० बटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरि कृषि तथा पशु कार्यलयमा दर्तागरिएको छ । उक्त मञ्चमा ५ सय सदस्यहरु रहेका छन भने सर्लाही जिल्लामा चन्द्रनगर, बरहथवा र बसबरीयामा ३२ वटा समुह मा १६ सय मुसहर महिलाहरु आवद्ध भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.