२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बाटोमै गोबर थुपारे पछि रामबनमा सावर्जनिक बाटो दुई दिन देखि अवरुद्ध – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाटोमै गोबर थुपारे पछि रामबनमा सावर्जनिक बाटो दुई दिन देखि अवरुद्ध

सर्लाही, १९ चैत । सर्लाहीको गोडैता नगरपालिका वडा नं. ५, रामबनमा बाटोमै गोबर थुपारे पछि सावर्जनिक बाटो दुई दिन देखि अवरुद्ध भएको छ।

बिगत दुई वर्षदेखि उत्पन्न सडक बिवाद समाधानमा सम्बन्धित निकाय ध्यान नदिदा शनिवार बिहानदेखि सार्वजनिक बाटो अवरुद्ध भएको हो ।

स्थानीय हृदयनारायण साह र निजको छोरो संजय कुमार साहले सार्वजनिक बाटोलाई आफ्नो निजी बाटो रहेको भनेर बाटोमै गोबरलगायतका फोहोर थुपारेर राखेको र अवरुद्ध गर्ने थालेपछि त्यसको विरुद्धमा पूर्व वडा अध्यक्ष सुनिल प्रसाद रस्तोगी, प्रेम शंकर रस्तोगी, मनोज चौधरी, कृष्ण मुरारी गुप्ता लगायतले सार्वजनिक बाटो अवरुद्ध गरेका छन् ।

बाटो अवरुद्धका कारण स्थानीयवासीहरुलाई आवागमनमा समस्या हुँदै आएको छ । बाटो समस्या समाधानका लागि न्यायिक समितिमा पटक पटक उजुरी दिवेदन दिदा पनि नगरपालिकाबाट कुनै ठोस पहल नभएको स्थानियहरुको आरोप रहेको छ ।

बाटोको अवरुद्ध हटाउनका लागि आईतवार बिहान सर्वदलिय बैठक बोलाईएको गोडैता–५, रामबनका वडा अध्यक्ष प्रकाश प्रसाद गुप्ताले जानकारी दिनुभयो । साथै आईतवार नै डोजरबाट बाटोको सरसफाई पनि गरिने उहाँले जानकारी दिनुभयो ।

लगभग १० दिन अघि मात्रै अदालतले गरेको निशेधज्ञामा निजि जग्गामा नयाँ बाटो नखुलाउने उल्लेख छ तर स्थानिय सरकारले सार्वजनिक जग्गामा त बाटो खुलाउन सक्छन ।

स्थानीय सडक, ग्रमिण सडक, सरसफाइ समेतका अधिकार संविधानले नै स्थानीय सरकारलाई दिएको भएतापनि नगरपालिकाले बिगत दुई वर्ष देखी बाटो खुलाउन कुनै प्रयास नगरेको एक स्थानियले आरोप लगाए ।

यो विषयमा गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र रायले बाटोमै फोहर राख्ने संजय कुमार साहले न्यायिक समितिमा छलफल गरी बाटो किलियर गर्ने सहमती गरी सही छाप समेत गरेको थियो ।

तर एक्कासी जिल्ला अदालतमा मुदा गरेकोले नगरपालिकाले हस्क्षतेप नगरेको नगर प्रमुख रायले बताउनुभयो । यो विषयमा नगरपालिकामा अहिले सर्वदलिय बैठक चलिरहेको छ ।

बैठकले नै यसबारे निष्कर्ष निकाले नगर प्रमुख यादबले बताउनुभयो । बिवादित साहले गोबर बाटोमा राख्ने, बाटोमा ढाट हान्ने कार्य समेत गरेको हुदाँ नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको नगर प्रमुख यादबको भनाइ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.