३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालबिवाह अन्त्यको सन्देश दिदै सडक नाटक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बालबिवाह अन्त्यको सन्देश दिदै सडक नाटक सम्पन्न

 

सर्लाही ।२० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि हरिपुर र इश्वरपुरका ६० भन्दा बढी स्थानमा सडक नाटक प्रदर्शनी सम्पन्न भएको छ । ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सिइएफएम परियोजना मार्फत बाल तथा जवरजस्ती बिबाह रोकथाम ,न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि सन्चालन हुँदै आएको छ। यसै अन्तर्गत हरिपुर र ईश्वरपुरका सबै वडा र बस्तीहरुमा बाल बिवाह बिरुद्ध सडक नाटक प्रदर्शनी सम्पन्न भएको हो । नाटकको माध्यमबाट कम उमेरमा बिवाह गर्दा भोग्नु परेको शारीरिक समस्या, पारिवारिक तनाव र कलह,पढाइबाट बञ्चित हुँदा भोग्नु परेको कठिनाई एवं मानसिक रोग आदिको विषयलाइ संवेदनशिल ढंगले स्थानीय बजिका भाषामा सडक नाटक तयार गरि प्रस्तुत गरिएको परियोजना संयोजक सिर्जना बस्नेतले बताउनु भयो । सडक नाटक सुचना तथा सन्देस प्रवाहको प्रभावकारी माध्यम भएकाले कलाकारहरुले कलात्मक रुपमा नाटक मार्फत सचेतना फैलाउनको लागि स्थानीय संघ संस्था परिचालन गरि सडक नाटक प्रदर्शन गरिएको संस्थाका सचिव समेत रहेका परियोजनाका फोकल पर्सन सुर्यप्रसाद चालिसेको भनाइ रहेको छ ।हरिपुर नगरपालिकाका २ वटा लक्ष्मी नाथ युवा क्लव र नगर स्तरिय मुसहर महिला सशक्तिकरण मञ्च ईश्वरपुर नगरपालिकाका ३ वटा सिर्जनशिल महिला क्लब,डुपुस नेपाल,सामुदायिक बिकासको लागि युवा सहभागिता सँग संस्थागत सम्झौता गरी दुइ नगरपालिका केन्द्रित बृहद सचेतना अभियान संचालन भैरहेको छ । यसै सिलसिलामा ५ वटा संस्थाहरुको संयुक्त आयोजनामा हरिपुर,ईश्वरपुरको ६० ठाउँमा बाल बिवाह बिरुद्ध सडक नाटक प्रर्दशनी सम्पन्न भएको हो । अविकसित एवं अल्पविकसित देशहरु खासगरी दक्षिण एसिएका केहि मुलुकहरुमा प्रमुख समस्याको रुपमा रहेको बाल विबाह पछिल्लो समय सभ्य तथा सुसस्कृत समाजको चुनौतिको भएकाले यो कार्यक्रम अत्यन्तै जरुरी भएको हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको भनाइ रहेको छ । बिश्वमा हुने बाल बिवाहको ४५ प्रतिशत बाल बिवाह साउथ एसियामा हुने गरेको पाइन्छ । बंगलादेश र भारत पछि नेपाल पनि कम उमेरमा बिवाह धेरै हुने देशको रुपमा चिनिएको छ । नेपालको मधेस प्रदेसमा अन्य प्रदेसहरुको तुलनामा धेरै बाल बिवाह हुने गरेको बिभिन्न अध्यनहरुले देखाएका छन । मधेस प्रदेसमा मात्र ४२ प्रतिशत मानिसको बिवाह २० वर्ष भन्दा कम उमेरमा हुने गरेको पाइन्छ । मधेस प्रदेसको बिकराल समस्याको रुपमा देखा परेको बाल बिवाहको घटनाहरुलाई अन्त्य गर्नको लागि सञ्चालनमा आएको सीइएफएम परियोजनाको महत्व दर्शाउदै इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्यले परियोजनाको हरेक गतिविधिमा नगरपालिका साथै रहने प्रतिबध्यता व्यत्त गर्नुभएको छ । परियोजनाले हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकालाई आधार कार्य क्षेत्र बनाएर बा बिवाह बिरुद्ध सचेतना अभियानहरु सञ्चालन गर्दै आएको हो । २० वर्ष भन्दा कम उमेरमा बिवाह गर्दा किशोर किशोरीहरुले बिभिन्न शारीरिक तथा मानसिक समस्याहरुको सिकार बन्नु परेको परिप्रेक्षमा बाल बिवाह अन्त्यको अभियान ग्रामिण नारी उत्थान संघ हरिपुरले सञ्चालन गर्दै आएको छ । अभियानका क्रममा पत्रकार हरु संगको अभिमुखीकरण , समुदाय स्तरमा समन्वय बैठक , र्याली , प्रदर्शनी , होडिंग बोर्ड राख्ने कार्य , धर्मगुरु पुरोहित , पास्टर , मौलाना मुडावी हरुको समूह गठन गरेरै सचेतना अभिब्रिद्दि लगायत २ दर्जन बढी औपचारिक कार्यक्रम र दर्जनौ अनौपचारिक कार्यक्रम संचालन भैरहेको संस्थाको अध्यक्ष गोमा देवी न्यौपानेले जानकारी दिनुभयो ।
पछिल्लो समय सम्पन्न सडक नाटक प्रदर्शनी कार्यक्रम अन्य कतिपय कार्यक्रमहरु भन्दा छोटो समयमा धेरै मानिसलाई समेट्न सकिने र स्थानीय भाषामा नै सडक नाटक गर्दा समुदायको समान बुझाइको लागि पनि सहज हुने मुसहर महिला शसक्तिकरण मंचको अध्यक्ष लक्ष्मी पासवानको भनाइ छ । सरकारले बिवाहको लागि २० वर्ष तोके पनि समुदायमा त्यो भन्दा कम उमेरमा नै बिवाह हुने गरेको छ । कम उमेरमा बिवाह भएको कारण किशोरीहरुमा पाठेघरको समस्या,पारिवारिक बोझ र मानसिक तनावहरुको सिकार भइरहेको परिवेसमा सडक नाटकका पात्रहरुले समाजको एैना बनेर घटनाहरुलाई अभिनयको माध्यमबाट सन्देस प्रवाह गरिएको दर्शकहरुको प्रतिक्रिया छ । यसले समाजमा भइ रहेको बाल बिवाहको घटनारलाई न्युनिकरण गर्नको लागि सहयोग पु¥याउने ईश्वरपुर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष नन्द लाल चौधरीको तर्क छ पछिल्लो समय सडक नाटक भदौ ६ गते देखि भदौ १७ गते सम्म सञ्चालनमा भएको हो । संस्थाले आफ्नो गतिविधिको जिल्ला तथा नगरस्तरीय समिक्षा समेत गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.