१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमतका नेता यादवले मृत्क गिरीको बालबालिकाको शैक्षिक खर्च व्यहोर्ने – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

जनमतका नेता यादवले मृत्क गिरीको बालबालिकाको शैक्षिक खर्च व्यहोर्ने

सर्लाही,१६ असोज । जनमत पार्टी बलरा नगरपालिकाले हालै बाढीको कारण मृत्यु भएका पवन गिरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। बलरा–१, गिरी टोल निवासी पवन गिरीको दुखद निधनपछि पार्टीले उनको परिवारलाई राहत स्वरूप सहयोग हस्तान्तरण गरेको हो। जनमत पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य श्रीचन( सुजन) यादवले गिरी परिवारलाई आर्थिक सहयोगको प्रतिबद्धता जनाउँदै, पवन गिरीका बच्चाहरूको सम्पूर्ण शैक्षिक खर्च आफैंले व्यहोर्ने घोषणा गरेका छन्।

जनमत पार्टीको यो कदमले पीडित परिवारलाई आर्थिक राहत दिने मात्र होइन, गिरीका बालबालिकाको भविष्य सुनिश्चित गर्न समेत मद्दत पुर्याउने विश्वास गरिएको छ। यस घोषणाले जनमत पार्टीको सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

सहयोग वितरणसँगै, जनमत पार्टीको एक टोलीले बलरा नगरपालिकाका विभिन्न वार्डहरूमा बाढीले पुर्याएको क्षतिको अवलोकन समेत गरेको छ। टोलीमा जनमत पार्टीका नेताहरू डा. गुणेश्वर झा, राकेश मिश्र, दिगेश्वर नायक, हरिनन्दन यादव र महेश पासवान सामेल थिए।

टोलीले बलरा नगरपालिकाका ११ वटा वडामा पुगेर बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे जानकारी लिएको थियो। अवलोकन टोलीले बाढीले जनजीवनमा पारेको असर, कृषि तथा जनधनको क्षति, आवासीय संरचनाहरूमा पुर्याएको हानि लगायतका बिषयमा स्थानीयसँग छलफल गरेको छ। स्थानीयले बाढीबाट भएको क्षतिपूर्ति, राहत सामग्रीको उचित व्यवस्थापन र पुनर्स्थापनाको माग गरेका छन्।

अवलोकनपश्चात जनमत पार्टीले बाढीपीडितहरूको समस्यालाई प्राथमिकतामा राखेर स्थानीय प्रशासनसँग समन्वय गरी तुरुन्तै आवश्यक राहत वितरणको माग समेत गरेको छ।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button