१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आईटी आर्मी ललितपुर महानगर कमिटीको अध्यक्षमा रंजित यादव – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबर

आईटी आर्मी ललितपुर महानगर कमिटीको अध्यक्षमा रंजित यादव

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन भएको छ । ललितपुरमा भएको एक भेलाले आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन गर्दै बाढीपहिरो पीडितको उद्धार, राहत र सहयोगमा जुटने निर्णय समेत गरेको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीका युवा नेताहरुलाई हालै बाढीपहिरोले ललितपुर सहित देशैभरी व्यापक क्षति पुर्याएको बताउँदै पीडितको उद्धार, राहत एवं सहयोगमा जुटन निर्देशन दिएका छन् ।

‘बाढीपहिरो पीडितको उद्धार, राहतमा सरकार पूर्णरुपमा असफल र असक्षम भईसकेको छ । यस्तो अवस्थामा आईटी आर्मी चुप लागेर बस्न मिल्दैन् । पीडितको उद्धार, राहत, सहयोगमा जुटेर मावन जातिको कल्याण, रक्षाका लागि अगाडी बढनुपर्छ’ आजपा अध्यक्ष साहले भने ।

नेपालमा राजनीतिप्रति वितृष्णाको चरमउत्कर्ष छाइरहेको बेला आईटी आर्मीप्रति युवाहरुको आकर्षणले बदलावको संभावना बाँकी रहेको संकेत गरिरहेको बताउँदै उनले युवाहरु माझ लोकप्रिय संगठन आईटी आर्मीको काठमाण्डू उपत्यकामा भईरहेको संगठन बिस्तारले देशमा बदलावको अभियानलाई छिटै सार्थकता प्रदान गर्ने बिश्वास व्यक्त गरेका छन् ।

भेलाले आईटी आर्मीको ललितपुर महानगर कमिटीको अध्यक्षमा रंजित यादव, उपाध्यक्षमा अशोक साह, सन्दीप शर्मा, पवन शर्मा, सचिवमा अभिरेन्द्र पण्डित, सहसचिवमा नवलेश कुमार, विवेक थापा मगर, राज पटेल र कोषाध्यक्षमा अर्चना कुमारीलाई सर्वसम्मत चयन गरेको छ ।

आईटी आर्मीका काठमाडौं उपत्यका विशेष समितिका इन्चार्ज आर्या पाण्डे र अध्यक्ष टैसन लामाले जारी गरेको विज्ञप्ती अनुसार आईटी आर्मीको ललितपुर महानगर कमिटीको सदस्यहरुमा रुपेश यादव, राहुल साह, अमित यादव, आदर्श पोखरेल, प्रशान्त तिमल्सिना, निश्चल चौधरी, मिथलेश जयसवाल, मनोज साह, दिपेन्द्र शर्मा, सनी यादव, राजकुमार यादव, धमाल पटेल, छोटे राजा, संजय श्रेष्ठ, अभिराज पाण्डे, ज्वालाकुमारी बुढाथोकी, दिनेश राम, मेवालाल चौलागाई, अभिजित साह, आयुष सापकोटा, सुलभ खड्का, उमेश सिंह रहेका छन् ।

यसैगरी सदस्यहरुमा डेविड लामा, दिलजित तामाङ, राहुल साह, हडकबहादुर चौलागाई, सुभाष यादव, कृतम रोक्का, सागर घिसिङ, नविन राजपुत, उत्तम देवकोटा, सबिना श्रेष्ठ, दिपक केसी लगायतका रहेका छन् ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button