६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्यमा उल्लेख्य काम गरेको हरिवन नगरपालिका दोस्रो पटक प्रदेशमै उत्कृष्ट – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्वास्थ्यमा उल्लेख्य काम गरेको हरिवन नगरपालिका दोस्रो पटक प्रदेशमै उत्कृष्ट

भक्ती रिजाल

सर्लाही ।हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट  काम गरे बापत मधेस प्रदेशमै दोश्रो पटक सम्मानित भएको छ ।

गत साल पनि स्वस्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै हरिवन नगरपालिका सम्मानित भएको थियो ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेश जनकपुरधामद्वारा आयाेजित आर्थिक बर्ष ८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूकाे प्रदेश स्तरीय बार्षिक समीक्षा गाेष्ठी अन्तर्गत संचालन भएका र  निर्धारित सूचकहरूकाे मूल्यांकनका आधारमा हरिवन नगरपालिका मधेश प्रदेशमैं दाेश्राे पटक उत्कृष्ट भएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बाबू चौधरीले जानकारी दिए ।

हरिवन नगरपालिका मधेश प्रदेस अन्तर्गत १३६ पालिकाहरूलाई उछिनेर प्रथम स्थान हासिल गर्न सफल भएकाेमा आफुलाइ खुसी लागेको भन्दै  हरिवन नगरपालिका मेयर रमेश  बुढाथोकीले प्रशन्नता व्यक्त गरे ।

यसैबिच हरिवन नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधिहरू, स्वास्थ्य शाखाका कर्मचारीहरूलाई बुढाथोकीले धन्यवाद दिएका छ्न ।

हरिवन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेख्य कामको सर्बत्र प्रशंसा भैरहेको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा राज्यबाट पाउने सपुर्ण स्वास्थ्य सुबिधा लगायत औषधीहरु पर्याप्त मात्रामा उपलब्ध हुने भएकोले “जन स्वास्थ्य हाम्रो अभियान” सफल हुँदै गएकोमा खुसी लागेको छ प्रमुख चौधरीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button