५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न

पोशाक वितरण कार्यक्रम सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

कार्तिक १३ गते,मंगलबार ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा नं १ स्थित श्री दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त विद्यालयमा अध्ययनरत बालविकास कक्षादेखि कक्षा ५ सम्मका करिब १८० विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद हजराले जानकारी गराए अनुसार विद्यालयले २०७९/०८० को छात्रवृत्तिको रकमबाट पोशाक खरिद गरी वितरण गरिएको हो। पोशाक वितरणको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश महराको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालय पोशाक वितरण कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष विजय कुमार यादवको पनि विशेष सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा शाखाका सहायक प्राविधिक विवेक कुमार यादव, बुद्धिजीवी विद्यानन्द प्रसाद यादव, अभिभावक बुनिलाल राय यादव, शिक्षक हिरालाल प्रसाद यादव, शिक्षक रामेश्वर महरा, शिक्षिका संगीता कुमारी यादव, रमिता कुमारी राम, रिता कुमारी यादव लगायतका स्थानीय अभिभावक, शिक्षक तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोशाक वितरण कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयका प्रधानाध्यापक हजरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महरालाई धन्यवाद दिएका थिए। उनीहरूले छात्रवृत्तिको रकमलाई विद्यालय पोशाकमा उपयोग गरी विद्यार्थीहरूको लागि सहयोग पुर्‍याएकोमा प्रशंसा व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महराले विद्यालयका विद्यार्थीहरूको शैक्षिक सुधारका लागि विद्यालयले सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “छात्रवृत्ति रकमको सहि सदुपयोग गरी विद्यार्थीहरूलाई आवश्यक सहयोग पुर्‍याउन पाउँदा हामीलाई गर्व लागेको छ। आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूको हितमा कार्य गर्न विद्यालय प्रतिबद्ध छ।” साथै ,कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button