१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
क्षमता अभिवृद्धि सम्बन्धी साँच्चै राम्रो कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

क्षमता अभिवृद्धि सम्बन्धी साँच्चै राम्रो कार्यक्रम सम्पन्न

असार २३ गते । लालबन्दी जेसिजले लालबन्दीमा नेतृत्व र व्यक्ति विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी साँच्चै राम्रो कार्यक्रम सम्पन्न गरेको छ ।
लालबन्दी जेसिजका अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी जेसिजले नै आयोजना गरेको थियो ।
लालबन्दी ६ स्थित युनाईटेड होटलमा लालबन्दीका विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नगरका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, व्यवसायी लगायतको उल्लेख्य सहभागितामा भएको कार्यक्रममा लालबन्दी नगर उपप्रमुख कल्पना पाख्रिन, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष, अष्ट्रेलियाका लागि पूर्व राजदुत महेश दाहाल, पुर्व मिस नेपाल साहना बज्रचार्य, जेसिजकी राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठको विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेव अधिकारीले आफ्नो कार्यकालमा लालबन्दीमा आफूले गर्न चाहेको योजनाहरु सुनाएका थिए । उनले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै लालबन्दी ६ मा सुविधा सम्पन्न नगरअस्पताल निर्माण गर्ने, यूवालाई खेलमा प्रोत्साहन गर्न राधाकृष्ण खेल मैदानलाई रंगशालाको रुपमा विकास गर्ने, वर्षौदेखि लालपूर्जा पाउन नसकेकाहरुलाई लालपूर्जा वितरण, मरिन जाने बाटोलाई लालबन्दी हुँदै विपी राजमार्गसँग जोडने, लालबन्दीमा नापी, मालपोत लगायतका महत्वपूर्ण सेवाकार्यलयहरु स्थापना गर्ने र हरियाली प्रवद्र्धनका लागि वृक्षारोपणका कार्यक्रमलाई अघि सार्ने लगायतका योजना सुनाएका थिए ।
त्यसपछि सुरु भएको क्षमता अभिवृद्धि तालिममा तालिमका प्रशिक्षक जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष, अष्ट्रेलियाका लागि पूर्व राजदुत महेश दाहाल र पुर्व मिस नेपाल साहना बज्रचार्यले नेतृत्व के हो ? नेतृत्वमा हुनुपर्ने गुणहरु के के हुन् ? नेतृत्वमा कस्तो व्यक्तित्व हुनुपर्छ ? लगायतका विषयमा केन्द्रीत रहेर प्रशिक्षण दिएका थिए । नेतृत्व र व्यक्तित्वका विषयमा रमाईला र चाखलाग्दा र महत्वपूर्ण विषयवस्तु जान्न पाउँदा सहभागिहरु निकै उत्साहित देखिन्थे । उनीहरुले प्रशिक्षकको कुरालाई निकै चाख र ध्यानपूर्वक सुनेका थिए ।
प्रशिक्षणकै क्रममा आफूले लालबन्दीमा असल नेतृत्व जन्मने विश्वास लिएको प्रशिक्षक दाहालले आशा व्यक्त गरेका थिए । कार्यक्रममा पश्चात सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रममा आयोजकका तर्फबाट नगरप्रमुख, नगर उपप्रमुख, वडाअध्यक्षहरु र प्रशिक्षकहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.