सर्लाहीमा स्कुलको पोखरीमा कार डुबेपछी दुईजनाको मृत्यु
सर्लाही,२० कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्कुलको पोखरीमा कार डुबेपछी दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार महोत्तरीको गौशला नगरपालिका वडा नं.१० बस्ने अन्दाजीन ३८ वर्षीय सुरेश महतो र सोही कारमा सवार महोत्तरीकै सोनवा गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन।
आज विहान ४ बजे ईश्वरपुर नगरपालिका वडा नं २ मियाँखोर स्थितमा रहेको ससरस्वती उच्च मा.बि.को पोखरीमा बयलबासबाट गौशला तर्फ जादै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई डुबेका थिए। उक्त कारको चालक महतो र ठाकुर कारमै मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यसैगरी उक्त कारमा सवार मध्ये महोत्तरीको गौशला नगरपालिका वडा नं.२ बस्ने ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किएको ईलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।
पोखरीमा कार डुबि हराई रहेको बिहानको समयमा स्थानियहरुले प्रहरीलाई सूचना दिन वितिकै प्रहरी टोली परिचाल गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली उद्धारको सामाग्रि सहित प्रहरी परिचालन गरिएको थियो । कार पोखरी भित्रै रहेको र निकाल्ने कार्य भईरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।