१५ माघ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अभिभावकहरुलाई दैनिकी जिवनमा प्रयोग हुने विभिन्न सामाग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेश

अभिभावकहरुलाई दैनिकी जिवनमा प्रयोग हुने विभिन्न सामाग्री वितरण

सर्लाही ।सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १२ स्थित माईस्थान जनता आधारभुत विद्यालयका १ सय १२ जना अभिभावकहरुलाई बालबालिकाको शिक्षामा सुधार गर्ने उदेश्यले विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । माईस्थान प्राविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि प्रति परिवारको दरले दैनिक जिवनमा प्रयोग हुने १ थान तिरपाल, १ थान सुधारिएको चुलो, १ थान टर्च लाईट, २ थान कम्बल, २ थान तन्ना, ४ थान शिरानीको खोल, २ थान झुल र २ थान म्याट प्रदान गरिएको छ ।

चाइना एडको सहयोग युएनडिपी नेपालको सहजिकरण आरडिएस रौतहट द्धारा संचालित एस एस पि पि जिआर परियोजना अन्तर्गत उक्त सामग्रीहरु वितरण गरिएको आयोजकले जनाएको छ ।दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुलाई महामारी रोकथाम र हरित पुनःस्थापनाको प्रयासमा शैक्षिक वातावरण सुधार गरि बालबालिकाहरुको शिक्षामा पहुँच बढाउने परियोजनाको मुख्य उदेश्य रहेको प्रोजेक्ट अफिसर संजिव शर्माले जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, व्यवस्थापन समितिका अध्यक्ष मन्जित यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसअघि जिल्लाकै कबिलासी नगरपालिकाको ३ ठाउँमा गरि ९६६ र बरहथवा नगरपालिकाको २ ठाउँमा गरि ५९८ गरि जम्मा १ हजार ५ सय ६४ जना अभिभावकहरुलाई सामाग्री वितरण गरिसकेको प्रोजेक्ट अफिसर शर्माले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button