५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरको निःशुल्क आँखा शिविरमा ७ सय ३६ जनाले गराए आँखा जाँच – Nigrani Today
ताजा खबर

ईश्वरपुरको निःशुल्क आँखा शिविरमा ७ सय ३६ जनाले गराए आँखा जाँच

सर्लाही,२९ कार्तिक । सर्लाहीको ईश्वरपुरमा बिहिवार तेश्रो दिन पनि निःशुल्क आँखा शिविर चलेको छ । शिविरमा तिन दिनमा ७ सय ३६ जनाले निःशुल्क आँखाको जाँच गराएका छन भने बिहिवार १ सय २ जनाको सफलता पुर्वक शल्यक्रिया गरिएको छ ।

यो शिविर ईश्वरपुर नगरपालिका, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरसँगको समन्वयमा सञ्चालन गरिएको हो। मंगलवारदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा बुधवार र बिहिवारको गरी ७ सय ३६ बिरामीको आँखा जाँच गरिएको भरतपुर आँखा अस्पतालका बाहय कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

बिहिवार मोतियाबिन्दु र मासुपलायको अपरेशन गरिएको संयोजक घिमिरेले जानकारी दिए । पहिलो दिन मंगलवार १७५ जना मध्ये ५४ बिरामी,दोश्रो दिन २३५ जनामा ७६ र तेश्रो दिन २२६ जना मध्ये ७१ जना बिरामीहरुलाई अपरेशनका लागि सिफारिस गरिएको संयोजक घिमिरेले बताए । अब भोली र पर्सी सम्म आँखाको परिक्षण गरिने र मोतियाबिन्दु र मासुपलायको बिरामीको अपरेसन ईश्वरपुर–९, गैचरण स्थित आँखा उपचार केन्द्रमा मंसिर २ गतेसम्म गरिने छ ।

शिविरमा निःशुल्क चश्मा तथा आवश्यक औषधि पनि वितरण भइरहेकोे ईश्वरपुरका शिक्षक तथा समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए । यसैगरी तिन नि देखि चलिरहेको शिविरमा नगर प्रमुख मनोज कुमार आचार्यले अनुगमण समेत गरिरहेको समाजसेवी युवा चौधरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button