सर्लाहीमा भुत मेला सुरु, धामी झाँक्री महोत्सव पनि हुने

सर्लाही ।सर्लाहीमा भुत मेला सुरु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित खैरा, बागमती नदी र लालबन्दी नगरपालिका वडा नं. ३ मा रहेको खोलामा बिहिवार बाट भुत मेला सुरु भएको छ । नदी तथा खोलामा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो। नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनाौंठो भूतमेला लाग्ने गर्छ। भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्।
मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन रहेको छ । यसैगरी लालबन्दी नगरपालिका वडा नं. ३ जव्दी भैरवपुर सिस्वामा त्रिवेनी मेला, सामा चकेवा तथा धामी झाँक्री महोत्सव सुरु भएको छ ।
कालिन्जोर, फुलजोर र बेल्वा खोलाको संगम हुने त्रिवेनी स्थलमा आज देखि महोत्सव सुरु भएको छ । त्रिवेनी मेला सामा चकेवा धामी झाँक्री महोत्सवको आयोजनामा सुरु भएको मेला मंसिर १ गते सम्म चलने मेला समितिका अध्यक्ष राजनारायण चौधरीले जानकारी दिए । महोत्सवामा साँस्कृति झल्किने समा चकेवा पर्वको प्रतियोगिता समेत हुने छ । समा चकेवा प्रतियोगितामा प्रथम हुने टिमलाई नगदरु २ हजार ५ सय, दितिय हुने टिमलाई नगद रु २ हजार, र तृतीय हुने टिमलाई १ हजार ५ सय नगद तथा सहभागीहरुलाई १–१ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
समाचकेवा प्रतियोगितमा १५ वटा टिमको सहभागिता हुने आयोजकले जनाएको छ । यो मेलामा खास गरी धामी झाँकी्र विशेष प्रस्तुती हुने भएकोले यो मेलालाई भुत मेला पनि भन्ने गरिन्छ । कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनाौंठो भूतमेला लाग्ने गर्छ। सर्लाही,धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण स्नान गर्न आउने गर्दछन्।
कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नानका लागि गाउँगाउँबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्। नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासले स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिकाको गोदारका भोला साह बताउछन्।