१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ओली निवासमा माओबादी पार्टी कार्यालय स्थापना – Nigrani Today
ताजा खबरराजनीतिसमाचारस्थानीय

ओली निवासमा माओबादी पार्टी कार्यालय स्थापना

भक्ती रिजाल

सर्लाही । नेकपा माओबादी (केन्द्र) हरिवन नगर कमिटीको पार्टी कार्यालय हरिवन ११, कडरिया चोकमा स्थापना भएको छ ।

स्थानिय राम ओलीको घरमा सटर भाडामा लिएर माओबादी (केन्द्र) को पार्टी कार्यालय उद्घाटन गरिएको पार्टीका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।

नगर कमिटी सचिब गौरी महतोले सञ्चालन

गरेको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सचिब तथा मधेस प्रदेश इन्चार्ज लिलामणी पोख्रेलले कार्यालयको उद्घाटन गरेका थिए ।

सोही समारोहमा सहिदहरुका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले सम्मान गरेका सचिब  महतोले जानकारी दिए ।

यसै बिचमा केही बर्ष माओवादी पार्टी बाट  विश्राम लिएका र पुन: माओबादी पार्टीमै फर्किएका पुर्ब माओवादी नेता हरि उप्रेतीलाई  प्रमुख अतिथि पोख्रेलले पार्टीमा स्वागत गरेका थिए ।

नगर कमिटी अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले, केन्द्रिय सदस्य तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) सर्लाही क्षेत्र नम्बर तीन (क) का सांसद  जवाहरलाल कुशवाहा, नेता राज कुमार यादब लगायतको उपस्थिति रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button