मधेश प्रदेशसमाचारसमाजस्थानीय
सर्लाहीमा आगलागीबाट १ लख ५० हजार बराबरको क्षति

सर्लाही,१ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–४ पहिवेलमा भएको आगलागीबाट झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। गए राति करिब १ः३० बजे परालको टौवामा अचानक लागेको आगोले स्थानीयवासीको गोठघर र पराल जलेर नष्ट भएको हो।
आगलागी बाट वडा नं. ४ बस्ने मेवालाल बैठा, बैनाथ बैठा ,रघुनाथ बैठा, शिवजी महतो र देवनाथ महतोको विभिन्न सामग्री जलेर उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।