५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गढीमाई मेला सुरु, सर्लाहीमा पनि गढीमाई मेला लाग्ने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

गढीमाई मेला सुरु, सर्लाहीमा पनि गढीमाई मेला लाग्ने

सर्लाही,१ मंसिर । पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षिय गढीमाई मेला शनिबारदेखि विधिवत रुपमा प्रारम्भ भएको छ । प्रत्येक पाँच वर्षमा लागने गढीमाई मेला यसपटक असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभआरम्भ भएको भए पनि विधिवत रुपमा मङ्सिर १ गतेदेखि विशेष पुजाको आयोजना गरी मङ्सिर २३ गते पशुवली दिएपछि समाप्त हुने छ ।एशियामा मात्र नभई विश्वमा पशुवलीका लागी प्रख्यात रहेको गढीमाई मेला मुख्यत पशुवलीका लागी प्रख्यात भए धेरैलाई थाहा नहोला नरवलीको रुपमा मुख्य तान्त्रिकले आफनो मानव शरिरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ । मानवको शरिरबाट रगत निकालेर चढाउने परम्परा लाई नरवली भनिए पनि बली होइन, मानव रगत चढाउने परम्परा हो ।मन्दीरमा मुल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि सर्वसाधारणले वली दिन पाउने छन् ।
मुल तान्त्रिक धामीको केही दिन अगाडि मृत्यु भएपछि मान्यता अनुसार यस पटक उहाँको जेठो छोरा उंमाशङ्करले आफनो बुवाको परम्परालाई निरन्तरता दिँदै आफ्नो शरिरको पाँच भागको रगत गढीमाईलाई चढाउने भएका छन् ।
त्यसअघि रातभरी मन्दीरमा पूजा अराधना भएपछि पुजा आराधनाको प्रभावले ब्रह्मस्थानमा रहेको बत्ती आफैँ बल्छ, बत्ती बलेपछि मात्र पञ्चबली दिने गरिन्छ । मङ्सिर २३ गते तान्त्रिक विधिबाट दीप प्रज्ज्वलन गरी गढीमाई मन्दीरको पूर्वपट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्चवली दिएपछि पशुवली शुरु हुने गरेको मुल पुजारी चौधरीले बताए ।
यसैगरी सर्लाहीमा पनि गढीमाई पञ्चवर्षिय मेला लाग्ने भएको छ । सर्लाहीको रामनगर गाउँपालिका र कविलासी नगरपालिकामा गढीमाई मेला लाग्ने गरेको छ । रामनगर गाउँपालिका वडा नं. ३ खैर्वा बहअर्वामा आउँदो १८ गते देखि गढीमाई मेला लाग्ने शिक्षक धर्मेन्द्र चौधरीले जानकारी दिए । रामनगरमा मेला आउँदो २५ गते समापन हुनेछ । खैर्वा बहअर्वामा लाग्ने मेलामा मंसिर १८ गते कलश यात्रा, २३ गते विशेष पुजा तथा राँगा बली र २४ गते बोका बली दिइने आयोजक रामनगर गाउँपालिका वडा नं. ३ ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button