६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश भएन् –प्रभु साह – Nigrani Today
ताजा खबरसमाचारस्थानीय

सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश भएन् –प्रभु साह

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको टिप्पणी गरेका छन् । सांसदहरु जनताको चाहना र आवश्यक्ता अनुसार काम नगरी भ्रष्ट नेताहरुको निर्देशनमा काम गरेकाले आम जनताले दुख पाईरहेको उनको भनाई रहेको छ ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज रौतहटको सखुअवा बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।

‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । दुई चार भ्रष्ट नेताको निर्देशनमा काम गर्छन् । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन् सांसदहरु’, आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन् वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’

जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।

दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।

भ्रष्टाचार बिरुद्धको मधेस यात्राको क्रममा गृहजिल्ला पुगेका आजपा अध्यक्ष साहले मुलुकलाई जोगाउनका लागि भ्रष्ट, लुटकारी दलाल दलतन्त्रको बिरुद्धमा आम जनता सडकमा आउनुको बिकल्प नभएको बताए । सरकार र व्यवस्थाको बिरुद्धमा जनताले आवाज उठाए पनि अब संगठित भएर जनआन्दोलनको तयारीमा जुट्नु पर्ने उनले बताए ।

यस्तै उनले सीमावर्ती क्षेत्रका नागरिकलाई सरकारले सुरक्षा दिन नसकेको बताउदै उनले करछलीको नाममा नागरिकको निजि सम्पती सरकारले लुट्ने काम गरिरहेको आरोप लगाए । सीमावती क्षेत्रमा भन्सार कार्यालय आवश्यक भएको भए पनि सरकारले भन्सार स्थापना नगरेको गुनासो उनले गरे । छोटी भन्सारहरुको स्तरोन्नती गर्नुपर्ने भए पनि सरकारले त्यसमा ध्यान नदिएको उनले बताए ।

वर्तमान सरकार असफल भईसकेको टिप्पणी उनले गरे । अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको बिकल्प खोजिरहेको बताउदै उनले लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउनुको बिकल्प नभएको बताए ।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुकमा भ्रष्ट, लुटेरा, अपराधीहरुको हालीमुहाली रहेको र मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । तर सरकारमा भएकाहरुको कसरी लुटने भन्ने बिषयमा ध्यान केन्द्रित छ । करमाथि कर थप्ने काम गरिरहेको सरकारले राज्यको ढुकुटी लुटिसकेको छ ।’

आजपा रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षत्रय रिता साह, समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव, सचिव श्रीचन मुखिया, स्थायी कमिटी सदस्य राधेश्याम साह, सुनिता साह क्रान्ति लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

सप्तरीबाट सुरु भएको आजपाको ‘भ्रष्टाचार बिरुद्धको मधेस यात्रा’को टोली मंगलबार बारा सदुरमुकाम कलैया पुगेको छ । कलैयामा मंगलबार आमसभा गर्दै टोली सोही दिन बीरगंजको कार्यक्रमका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button