२१ मंसिर २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ट्याक्टर अनियन्त्रित भई पल्टिदा च्यापिएर सर्लाहीमा एक जनाको मृत्यु  – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ट्याक्टर अनियन्त्रित भई पल्टिदा च्यापिएर सर्लाहीमा एक जनाको मृत्यु 

बलरा ।सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुसतम साह रहेको छ ।

आज बिहान बलरा नगरपालिका वडा नं ९ अचलगढमा मृत्क साहले आफ्नै अनटेष्ट स्वराज कम्पनीको ट्याक्टरले आफ्नै खेत जोती घर फर्किने क्रममा खेतमा अनियन्त्रित भई पल्टिन जाँदा उनि ट्याक्टरमा च्यापी गम्भीर घाईते भएका थिए।

स्थानीयहरुले निकाली उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button