कविलासी । सर्लाहीको कविलासी नगरपालिका स्थित अगर्वामा विधार्थीहरुसँग युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । समाजमा विद्यमान कुरीति, लैंगिक हिंसा न्यूनीकरण, लागु औषधको प्रयोग एवं ओसारपसार नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायतका विषयमा विधार्थीहरुसँग युवा लक्षित सचेतना कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।
कर्यक्रमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र सिंह सहित जिल्लास्थित सुरक्षा निकायहरुको उपस्थितमा जनता माध्यमिक विद्यालय अगर्वामा अध्यनरत विधार्थीहरु सँग युवा लक्षित सचेतना कार्यक्रम गरिएको कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।