पर्सा । सर्लाहीको पर्सा गाउँपालिकामा निःशुल्क आँखा शिविर हुने भएको छ । वडा नं. ४ रहेको प्रथमिक विद्यालय (जिंगडवामा यहि मंसिर १५ गते निःशुल्क आँखा शिविर हुने भएको छ ।
नेपाल नेत्र ज्याति संघ लहान आँखा अस्पतालको प्राविधिक सहयोग र पर्सा गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर हुने पर्सा गाउँपालिकाले जनाएको छ । शिविरमा मोतियाबिन्दुका अप्रेशन गर्नु पर्ने बिरामीलाई आँखा उपचार केन्द्र मलंगवामा अप्रेशन गरिने पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले जानकारी दिनुभयो ।