२१ मंसिर २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सदरमुकाम मलंगवामा नवजात शिशुको शव फेला – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही सदरमुकाम मलंगवामा नवजात शिशुको शव फेला

सर्लाही,१४ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा एक नवजात शिशुको शव फेला परेको छ । मलंगवा नगरपालिका स्थित गोरखकाली प्रहरी चौकी नजिकै वडा नम्बर २ झण्डा बजार जाने सहायक सडकमा रहेको होटल छेउको नालामा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेकोको प्रहरीले जनाएको छ ।आज बिहान सो बाटो भएर हिंड्ने केही मानिसहरुले उक्त शिशुको शव नालाको पानीमा तैरिरहेको अवस्थामा देखेका थिए।

उक्त शिशुको शव मलंगवामा खोलिएका अल्ट्रासाउन्ड क्लिनिकहरु मध्येका कुनै एक क्लिनिकमा गर्भपतन गराएर सो ठाउँमा फालिएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गरि केही अवैध अल्ट्रासाउन्ड क्लिनिकहरुमा तालाबन्दी गरेका थिए।

तालाबन्दी गरिएका ती क्लिनिकहरु पुनः संचालनमा आएपछि भ्रुण हत्या सुरु भएको छ।मापदण्ड पूरा नगरी संचालन भइरहेका अल्ट्रासाउन्ड क्लिनिकहरुमा तालाबन्दी गरिसकेको अवस्थामा पनि निर्धक्कका साथ चल्नुमा कि त नियमन निकायको कमिकमजोरी देखिन्छ या त अवैध क्लिनिक संचालकहरु सँग मिलेको हुनुपर्छ स्थानीयहरुको भनाई छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button