ईश्वरपुरमा ९० लाखको लागतमा फुलजोड बाबा मन्दिर तथा विवाह मण्डप निर्माण हुने
सर्लाही,१४ मंसिर ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा केन्द्रिय बजेट बाट फुलजोड बाबा मन्दिर तथा विवाह मण्डप निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं.६ मा रु ९० लाखको लागतमा फुलजोड बाबा मन्दिर तथा विवाह मण्डप निर्माण हुने भएको छ । मन्दिर तथा मण्डप निर्माण गर्न आज प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरी, ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले विभिन्न व्यक्तिहरुलाई बोलाएर फुलजोड बाबा मन्दिरको प्राङ्गमा छलफल समेत गर्नुभएको छ ।
छलफल बाट छिटै नगरपालिका बाट मन्दिर तथा विवाह मण्डप निर्माण गर्न नगरपालिका बाट ठेक्काको सूचना निकालने र असार मसान्त सम्म निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का लगाएर काम अघि बढाउने निर्णय भएको नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र साहले जानकारी दिनुभयो ।
छलफलमा नेपाली कांग्रेसका प्रदेश महासमिति सदस्य रामनारायण सिंह, वडा अध्यक्ष पंची महतो, रहमत अंसारी, नेपाली कांग्रेसका क्षेत्र नं. १ का पुर्व सभापती प्रमोद बराल,रास्वपाका नगर ईन्चार्ज सुर्वण घिमिरे, लोसपाका नेता जोगनारायण चौधरी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभयो ।