५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वमा सकारात्मक अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वमा सकारात्मक अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिकामा महिला स्वयंसेविकाहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना द्वारा आयोजित कार्यक्रम आइतवार सम्पन्न भएको हो।

कार्यक्रममा परिवार र बालबालिकाको समग्र विकासका लागि सकारात्मक अभिभावकत्वको महत्त्वबारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई जानकारी गराइएको थियो। सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी हरिपूर्वा नगरपालिकामा सकारात्मक अभिभावकत्वसम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सकारात्मक अभिभावकत्वका सिद्धान्त, बालबालिकाको शारीरिक, मानसिक, र सामाजिक विकासमा यसको प्रभाव, र अनुशासनको सकारात्मक तरिकाबारे गहन छलफल भएको थियो। सहभागीहरूले परिवारभित्र बालबालिकाको उचित पालनपोषण, स्याहार, र मनोवैज्ञानिक विकासका लागि अपनाउन सकिने उपायबारे अनुभव आदानप्रदान समते गरेका थिए।

अभिभावकत्व वहन गर्नु भनेको बालबालिकालाई उचित स्याहार प्रदान गर्नु हो, जसमा राम्रो स्वास्थ्य, पर्याप्त पोषण, सुरक्षा र संरक्षण, बाल सिकाइ र उत्प्रेरणा, साथै संवेदनशील स्याहार समावेश छ। यस क्रममा बालबालिकाको समग्र विकास सुनिश्चित गर्न अभिभावकहरूले सही दृष्टिकोण र व्यवहार अपनाउनु महत्त्वपूर्ण हुन्छ।
कार्यक्रममा सहभागीहरूले अभिभावकत्वको यो परिभाषा र यसको व्यावहारिक पक्षमा गहन छलफल गरेका थिए। असल अभिभावक ती हुन्, जो बालबालिकाको आवश्यकताहरूलाई प्राथमिकतामा राख्दै समान जिम्मेवारी वहन गर्न सक्छन् र सकारात्मक वातावरण सिर्जना गर्न सक्रिय भूमिका खेल्छन्। कार्यक्रमले यो सुनिश्चित गर्न अभिभावकत्वका विभिन्न आयामहरूसँग परिचित गराउने प्रयास गरेको थियो।

हरिपूर्वा नगरपालिकाका स्वास्थ्य संयोजक राम एकवालले महिला स्वयंसेविकालाई गर्भवती तथा सुत्केरी आमाहरूलाई सकारात्मक अभिभावकत्वबारे जानकारी दिनुपर्ने र २ वर्षमुनिका बालबालिकालाई नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी पठाउनुपर्ने आवश्यकता औंल्याए। यदि सम्भव भए सम्म परियोजनाको तर्फबाट सबै स्वास्थ्य कर्मी र जनप्रतिधिलाई पनि सकारात्मक अभिभावकत्वसम्बन्धी १ दिने अभिमुखीकरणको लागि स्वास्थ्य प्रमुखले अनुरोध समेत गर्नुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समुदाय सुधारमा महत्वपूर्ण भूमिका रहेको भन्दै सकारात्मक सोच फैलाउन र सहयोगी भावना विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे। यो अभिमुखीकरणले बालबालिकाको उचित पालनपोषण र सकारात्मक अभिभावकत्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका फिल्ड अधिकृत राजेश साहले गरेका थिए। कार्यक्रममा सहजिकरण राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका पोषण कार्यक्रम अधिकृत सुमित कुमार शाहले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button