१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा ८ प्रदेश सांसद मध्ये एक जनाले मात्र कार्य विवरण सार्वजनिक ग¥यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ८ प्रदेश सांसद मध्ये एक जनाले मात्र कार्य विवरण सार्वजनिक ग¥यो

सर्लाही, २५ साउन । सर्लाही क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश प्रदेश सभा सदस्य कौशल किशोर रायले आर्थिक वर्ष २०८९÷०८० मा आफ्नो क्षेत्रमा ‘प्रदेश सभाा सदस्य निर्वाचना क्षेत्र विकास कार्यक्रम’ मार्फत भएको कामको विवरण सार्वजनिक गर्नुभएको छ ।

बुधवार मलंगवा नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सभा सदस्य रायले गएको आर्थिक वर्षमा निर्वाचना क्षेत्र विकास कार्यक्रम अन्तर्गत ३ करोडको लागतमा गर्नुभएको कामको विवरण सार्वजनिक गर्नुभएको हो ।

उपभोक्ता समिति मार्फत २५ वटा शिर्षकमा रकम बिनियोजन गरी काम गरेको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य रायले जानकारी गराउनुभयो । गएको आर्थिक वर्षमा टुक्रे योजनामा काम गरेको बताउँदै उहाले चालु आर्थिक वर्षमा ठूलो योजनामा समेत काम हुने बताउनुभयो ।

गएको चालु आर्थिक वर्षमा नयाँ कृषि सडकलाई प्राथमिकतामा खनिएको प्रदेश सभा सदस्य रायले जानकारी दिनुभयो ।
सर्लाही जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा रहेको ८ वटा प्रदेश सभा सदस्य मध्ये एक जना मात्र प्रदेश सभा सदस्य कौशल किशोर रायले यसरी पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वर्षमा गर्नुभएको कामको विवरण सार्वजनिक गर्नुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.