गढीमाई पञ्च वर्षीय मेला समितिले गर्यो पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ४ गरहाटोलमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। चन्द्रनगर गाउँपालिका वडा नं ४ गरहाटोल ग्रामवासीको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको छ ।
मेला समितिका अध्यक्ष नवीन सिंहको अध्यक्षता तथा
श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतमा गरिएको कार्यक्रममा पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
प्रमुख अतिथि रायले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाले अरु मन्त्रालयको समन्वयमा गरहाटोलमा रहेको गढीमाई मन्दिर विकासको लागि आफु अगाडी बढने बताउनुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले गरहाटोल वासी तथा चन्द्रनगरवासी गौरवशाली सौभाग्य शाली छन किनभने यश गाउँपालिकामा गढीमाई स्थान छ। गरहाटोलको गढीमाईको स्थान बाट माटो लिएर जादा मात्र बाराको बरियारपुरमा रहेको गढीमाईको पुजा आराधना हुने गरेको बताउनुभयो । उहाले अगामी आर्थिक वर्ष देखि बजेट छुटयाएर विकास गरिने उत्थान गरिने अध्यक्ष महतोले बताउनुभयो ।
यसैगरी मेला समितिले प्रमुख अतिथि राय, चन्द्रनगर गाउँपालिका अध्य्यक्ष महतो, विशिष्ट अतिथि शर्मिला थाापा लगायत पत्रकार कृष्ण थपलिया, सोम दियाली, मनोज यादव, मुकेश झा र राकेश गुप्तालाई पनि सम्मान गरेको कार्यक्रमका उद्घोषक सरोज सिंहले जानकारी दिनुभयो