१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले म र विद्यालयकाे मानमर्दन गरेका छन : प्रअ हसन – Nigrani Today
लुम्बिनी प्रदेश

राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले म र विद्यालयकाे मानमर्दन गरेका छन : प्रअ हसन

 

कपिलवस्तु कार्तिक १५ ।

स्थानीय राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले विद्यालय र मेराे मानमर्दन गर्न आर्थिक लेनदेनकाे निरधार ,झुठाे अफवाह फैलाएकाे प्रअ मुनिजर हसन बताएका छन ।

जिल्लाकाे विजयनगर गाउंपालिका केहीदिन देखि वडा ३ मा रहेकाे भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदकाे भर्ना गर्न आर्थिक चलखेलकाे समाचार विभिन्न संचारमाध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले आज पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारकाे रकम माग नगरेकाे बताएका छन । उनले म दाेषी भएकाे प्रमाणित भयाे भने कानुनमा रहेकाे सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद यादवले लडाई चाैधरी आफ्नाे छाेराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिदै आएकाे बताउनुभयाे । उनी जसरी पनि गरिदिनुस भनेका थिए राजनितिक षड्यन्त्रमा फसेर प्रअ हसन र विद्यालय व्यवस्थापन समितिमाथि समेत आराेप लगाएकाले हामी सबैकाे मानमर्दन भएकाेले विजयनगर गाउंपालिका लगायत सम्बन्धित निकायलाई यथाशीघ्र उचित कार्यवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन ।
विद्यालयले भदाैं २० ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएकाे थियाे त्यसमा लडाइ चाैधरी काे छाेरा विवेक चाैधरी लगायत कुल ४ जना फार्म भरेका थिए तर विवेक चाैधरि परीक्षा दिन नपुगेकाे र साेहि दिन लडाई चाैधरीले फाेन गरि पैसा मागेका थिए । चाैधरीले विद्यालय प्रंगणमा गालीगलाैज गरेकाे विव्यास सदस्य गल्लु खानले जानकारी गराए। उनी भन्छन लडाई चाैधरी छाेरालाइ भर्ना गराउन प्रअ हसन लाई पटक पटक सम्पर्क गरेकाे तर विफलता हात आयाे त्यसपछि झुठाे आराेप फैलाएका हुन ।
साे पदका लागि लिईएकाे परिक्षामा कुनै विद्यार्थी पास भएन्न , त्षसपछि विद्यालयले १५ दिने अर्काे विज्ञापन गरेका छ ।सभार कपिलवस्तु टाइम्स डटकम l

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.