२४ पुष २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटको श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा ८१ जना छात्रछात्रालाई साइकल वितरण – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

रौतहटको श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा ८१ जना छात्रछात्रालाई साइकल वितरण

प्रदीप कुमार दास, रौतहट ।

पौष २४ गते , बुधवार ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर २, हजमिनियामा रहेको श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा बुधबार आयोजित एक भव्य समारोहमा ३५ छात्र र ४५ छात्रा तथा एक जना अपाङ्ग विद्यार्थीको लागि ह्विलचेयर गरी ८१ जना छात्रछात्रालाई साइकल वितरण गरिएको छ। यस कार्यक्रममा मधेशी दलित समुदायका विद्यार्थीलाई प्रोत्साहन गर्ने र शिक्षाको पहुँचलाई सरल बनाउने उद्देश्यले साइकल वितरण गरिएको हो।

कार्यक्रमको आयोजना “मधेशी दलित गैर सरकारी संस्था महासंघ, काठमाडौं” र आर्थिक सहयोग “लेटर डे शैंट च्यारिटी” संस्थाले गरेका थिए। कार्यक्रममा “मधेशी दलित गैर सरकारी संस्था महासंघ, रौतहट” का सल्लाहकार तथा कार्यक्रम अध्यक्ष कमल देव हजराको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानले मधेशी दलित समुदायका विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्नका लागि सहजता प्रदान गर्न यो अभियान सञ्चालन गरिएको बताए। उनले भने, “साइकल वितरणले विद्यार्थीहरूलाई विद्यालयसम्म पुग्न सजिलो बनाउनेछ र यसले शिक्षामा सुधार ल्याउनेछ। हाम्रो उद्देश्य शिक्षा मार्फत सामाजिक समानताको स्थापना गर्नु हो।”

उक्त कार्यक्रममा “लेटर डे शैंट च्यारिटी” का निर्देशक रिचार्ड नुफर र उनकी श्रीमती लोरी नुफरको विशेष सहयोग रहेको थियो। उनीहरूले यो अभियानले मधेशी दलित समुदायका विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राजकुमारी देवी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, विद्यालयका प्रधानाध्यापक संजय कुमार यादव, “मधेशी दलित गैर सरकारी संस्था महासंघ, रौतहट शाखा” का अध्यक्ष उदयनारायण राम, गौर उपमेयर प्रत्यासी एवं जिल्ला कार्यक्रम संयोजक शिव शंकर पासवान, राष्ट्रिय कार्यक्रम संयोजक ई. नितिन प्रियदर्शी, राष्ट्रिय उपाध्यक्ष अरुण कुमार मण्डल, महासचिव अनिल कुमार हजरा, कोषाध्यक्ष गिता पासवान र केन्द्रीय सदस्य सन्तोषी गहतराज लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र पत्रकारहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यस कदमलाई मधेशी दलित समुदायको शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण पहलको रूपमा स्वागत गरे।

साइकल वितरणले विद्यालय टाढा भएका विद्यार्थीहरूको लागि सहजता ल्याउने विश्वास व्यक्त गर्दै सहभागीहरूले यस्तो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने माग गरेका छन्। स्थानीय बुद्धिजीवीहरूले मधेशी दलित समुदायको जीवनस्तर उकास्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रमको सञ्चालन किरण कुमारी पासवानले गरेकी थिइन् भने सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले “मधेशी दलित गैर सरकारी संस्था महासंघ, काठमाडौं” र “लेटर डे शैंट च्यारिटी” संस्थाको सहयोगको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button