भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ५ ले बृद्धअबस्थाका बुबा आमालाई न्यानो कपडा बितरण गरेको छ ।
पुसको चिसो समयमा न्यानो कपडा पाउँदा आफुलाई खुसी लागेको स्थानीय बृद्धा रामआशिष महतोले बताए । वडा नम्बर ५ को कार्यालयमा आयोजना भएको बृद्ध बृद्धा सम्मान कार्यकमा उल्लेख्य संख्यामा बृद्धअवस्थाका बुबा आमाको उपस्थिति रहेको थियो ।
चिसो मौसममा बृद्धअबस्थाका बुबा आमलाई न्यानो कपडा बितरण गरेर राम्रो कामको सुरुवात गरेको भन्दै वडा अध्यक्ष नागेन्द्र कुमार शाहको सबैले प्रशंसा गरेका थिए ।
कार्यक्रमकै बीच वडा नम्बर ५ लाई हराभरा बनाउने टोल बिकास संस्थाका पौरखी हातहरुलाई पनि सम्मान गरिएको थियो । १२ वटा टोल बिकास संस्थाका अध्यक्ष लाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको अध्यक्ष शाहले बताए ।
यसैबीच खेलकुद तथा शिक्षा क्षेत्रमा अमुल्य योगदान गरेका ब्याक्तित्वलाई पनि सम्मान गरिएको थियो । फुटबलका पुर्ब राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लालबहादुर लामालाई पनि सम्मान गरिको थियो भने- सितोरियो कराते प्रशिक्षक गीता चौधरीलाई पनि सम्मान गरिएको वडा सचीव बिमला पौडेलले बताइन् ।
वडा अध्यक्ष नागेन्द्र कुमार शाहको अध्यक्षता भएको कार्यक्रममा पुर्ब मन्त्री तथा प्रदेश माननीय बेची लुंगेली मगर प्रमुख अतिथि तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उप मेयर हरिमाया घलान बिशिस्ट अतिथि रहेका थिए ।
कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की, नेकपा (एकीकृत) समाजबादीका जिल्ला अध्यक्ष सुरेन्द्र लाम, नेता धन बहादुर मिक्चन लगाएतको उपस्थिति रहेको थियो ।