थारू समुदायद्वारा माघी पर्वको अवसरमा मोटरसाइकल ¥याली गरियो
सर्लाही ।सर्लाहीको लालबन्दी नगरपालिकामा थारू समुदायको महान् पर्व माघीको अवसरमा थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति, सलाहीले आज मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । थारू कल्याणकारी सभा, जिल्ला कार्य समितिका अध्यक्ष सुर्यनारायण चौधरीको अध्यक्षतामा आज मोटरसाइकल ¥याली कार्यक्रम गरिएको थियो ।
प्रत्येक वर्ष झै यस वर्ष माघी पर्व र नयाँ वर्ष २६४८ (थारू सम्बत) को सुरुवातको अवसरमा सर्लाहीमा सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान–प्रदान, कार्यक्रम गरिने भएको छ । सर्लाहीको हरिपुर नगरपालिका स्थित पचगछीया र लालबन्दी नगरपालिका वडा नं. ३ भैरवपुरको खेलमैदानमा ९ औ माघे संंक्रान्ती पर्व मनाउने भएको छ । आज मोटरसाइकल ¥याली गरिएको छ , पौष २९ गते झाँकी कार्यक्रम,र माघ १ गते साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा थारू समुदायका कलाकारहरूले परम्परागत नृत्य र गीत प्रस्तुत गर्नेछन्। थारू महिला समिति र थारू विद्यार्थी समिति समेतको सहकार्यमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण समुदायलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।